१२ बर्षीय छोरी बलात्कार आरोपमा गुर्भाकोटबाट बुवा पक्राउ

0
374

दिलिप ढकाल, साउन २९ -छोरीलाई जबरजस्ती गरेको आरोपमा गुर्भाकोटमा ईलाका प्रहरी कार्यालय मेहेलकुना प्रहरीले बुवालाई पक्राउ गरेको छ । गुर्भाकोटका ३१ वर्षीय रामबहादुर गन्दर्भलाई छोरीलाई जबरजस्ती गरेको आरोप लागेको हो ।


घटना साउन ६ गते राति १२ बजे भएको भएपनि दुई दिनपछि मात्र सार्बजनिक भएको छ । वडाअध्यक्ष मार्फत बालिका बलात्कृत भएको जानकारी प्रहरी चौकी मेहेलकुनामा पुगेपछि प्रहरीको टोलि घटनास्थल तर्फ पुगेको थियो । घटना स्थबाट करिब १ किलोमिटर परको जंगलबाट बलात्कारको आरोप लागेका गन्दर्धलाई शनिवार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सुरज कार्कीले जानकारी दिनु भयो । बलात्कारको आरोप लागेका गन्धर्वलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

बलात्कारको आरोप लागेका उनी माथि जवरजस्ती करणी उद्योग अन्तरगत मुद्दा अघि बढाइएको छ । बालिकालाई प्रहरीले आवश्यक स्वास्थ्य चेकजाँच गरि परिवारको जिम्म लगाएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here