हरियाली कृषिबजार सहकारीको १२ औ साधारण सभा सम्पन्न

0
350

हुमबहादुर काकी, फागुन १८- गुर्भाकोट नगरपालिका वडा न.२ स्थित श्रीहरियाली कृषि बजार सहकारी सस्था लिको १२ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष मोतिप्रसाद चपाइको सभापतित्वमा सम्पन्न साधारण सभामा गुर्भाकोट नगरपालिका वडा न.२ का अध्यक्ष नोख बहादुर वलिको प्रमुख अतिथ्यमा रहेको थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघका प्रतिनिधि गोबिन्दप्रसाद ढकाल, माबी कोटखोलाका प्रअ गङ्गाप्रसाद भट्ट, वडासदस्य सुरेन्द्रप्रसाद ढकाल, सहकारीका सल्लाहकार खिमानन्द ढकाल, टोपनारायण गैरे, रामबहादुर शाही लगायतको उपस्थिती रहेको थियो । साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष मोतिप्रसाद चपाइ, सचिब नन्दलाल भुसाल र कोषाध्यक्ष श्यामबहादुर पचभैयाले आ.ब. २०७७÷०७८ को आय ब्यय तथा बार्षिक कार्यक्रम र आगामी बर्षका लागि अनुमानित आयब्यय तथा कार्ययोजना प्रतिबेदन प्रस्तुत गरिएको थियो । विभिन्न नीति तथा प्रतिबेदन उपर छलफल गरि साधारण सभाबाट पारित गरिएको थियो । आ.ब. २०७७÷०७८ मा सेयर पुजि ४ लाख ५८ हजार १ सय ६४ रहेको छ ।

सस्थामा ३६५ जना सेयर सदस्यहरु आबद्द भएका छन । यस अबधिमा सस्थाको निछेप संकलन ३७ लाख १८ हजार ६ सय ६२ गरि ४२ लाख २९ हजार ८ सय ८० रुपैया कर्जा लगानी गर्न सफल भएको छ । यसैगरि यस बर्ष कुल आम्दानी ७८ लाख २९ हजार ७ सय ६६ गरि शुद्ध मुनाफा १ लाख २८ हजार ३ सय ३४ रुपया रहेको छ । साधारण सभाले सहकारी नीति तथा नियम थप गरि कर्मचारी ब्यबस्थापनको प्रस्ताव प्रतिबेदन पारित भएको छ । त्यस्तै सस्थाको आफ्नै भबन कृषि तथा पशुपंछी बिकास मन्त्रालयबाट सहयोगले बनेको ३ कोठे भबन निर्माण सम्पन्न कार्यको सार्बजनिक सुनुवाइ सस्थाका सचिब नन्दलाल भुसाल कद्वारा सभामा सार्बजनिक गर्नु भएको थियो । कार्यक्रममा गुर्भाकोट २ का वडाअध्यक्ष नोखबहादुर वलिले कृषि सहकारी भएकोले यसमा अनुदानका धेरै कार्यक्रमहरु आउने हुदा यस सहकारीमा आद्ध भै आफ्नो आयआर्जन बढाउन र सहकारीमा सबै आबद्ध हुन जोड दिनु भएको थियो ।

त्यस्तै जिल्ला सहकारीका प्रतिनिधि गोबिन्दप्रसाद ढकालले सदस्यहरुको एकताले नै सस्था अमर हुने र गुजरामुखी कृषि भन्दापनि व्यावसायिकमुखी कृषि गर्न आग्रह गर्नु भएको थियो । सस्थाले कृषि सेवा प्रदान गर्दै आएको छ । सभाको स्वागत मन्तब्य सदस्य तुल्सीप्रसाद भट्टराईले गर्नु भएको थियो भने कार्यक्रम संचालन समितीका सचीव नन्दलाल भुसालले गर्नु भएको थियो । कार्यक्रम माबी कोठखोलामा भएको थियो । सभामा १९८ जना सेयर सदस्यहरु को उपस्तिथि रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here