सुष्मा मल्लको घरबाट फर्किएपछि लखेट्दै कुटेर मारियो: कर्णाली प्रदेश सासंद

0
1212

जाजरकाेट, जेठ १८-कर्णाली प्रदेशसभाका सांसदहरुले रुकुमको चौरजहारी सोती घटनामा केटी सुष्मा मल्लको घरबाट फर्किएका युवाहरुलाई स्थानीयले लखेट्दै कुटेर मारेको निष्कर्ष निकालेको छ। ३ दिन जाजरकोट, रुकुम बसेर शनिबार फर्किएको प्रदेश सासंदहरुको टोलीले नवराजसहित १९ जना युवाहरु घरतर्फ फर्कदै गर्दायोजनाबद्ध रुपमा लेखेर कुटपिट गरि मारेको निकालेका हुन् ।

प्रदेशसभा सदस्य रातो कामीले नवराज र सोतीकी किशोरीबीच प्रेम सम्बन्ध रहेको र अभिभावक तथा गाउँलेले त्यो सम्बन्ध अस्वीकार गरेकै कारण घटना भएको बताउनुभयो । केटीकी आमासित भनाभन परेपछि अर्को बाटो लागिसकेका युवालाई गाउँलेले योजनाबद्ध ढंगले कुट्दै लखेटेको पत्यक्षदर्शीले बताएको उहाँले बताउनुभयो । पीडित परिवारसँगको भेटघाट, घटनास्थल र सोतीगाउँको स्थलगत अध्ययन, स्थानीयबासी र प्रत्यक्षदर्शीलाई भेटेर सुर्खेत फर्केका कर्णाली प्रदेशसभाका पाँच सांसदले घटना पूर्व योजनाअनुसार नै भएको निष्कर्ष निकालेका हुन् । घटनाको न्यायीक र निष्पक्ष छानविन हुनुपर्ने र दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने उनीहरुको माग छ । नेकपाकी सचेतक सीता नेपालीले घटनाका दोषीलाइ कडा कारबाही गर्न माग गर्नुभयो । सचेतक नेपाली, सामाजिक विकास समितिका सभापति राजु नेपाली, सांसद रातो कामी, दानसिङ परियार र झोवा विक घटनास्थलको अवलोकन गरी फर्किएका छन् । उनीहरुले घटनामा मल्ल परिवार र अाफन्तले योजनाबद्ध रुपमा लखेटेर कुटपिट गर्दै भेरी नदिमा मरानासन्न हुने गरि कुटपिट गरि हत्या गरेको र भेरी नदिमा फालेको र फाल्न बाध्य बनाएको बताएका छन्। जेठ १० गते शनिबार जाजरकोटबाट आएका युवालाई चौरजहारी नगरपालिका–८, सोतीका स्थानीयले आक्रमण गरेपछि पाँचजनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् ।

घटनामा जाजरकोटको भेरी नगरपालिका–४, का नवराज विक, गणेश बुढा, सञ्जु भनिने सन्दिप विक, ११ नम्बर वडाका लोकेन्द्र सुनार र रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का टिकाराम सुनारको मृत्यु भएको छ । भेरी नगरपालिका–११,जाजरकोटका गोविन्द शाही बेपत्ता छन् । पाँचजनाकै शव भेरी नदी र किनारमा भेटिएका थिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here