सुर्खेत १ (क) बाट कांग्रेस जिल्ला सभापति खडग् पोखरेल विजय

0
125

सुर्खेत, मंसिर ८-  सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट गठबन्धनका उम्मेदवारले विजय सुरु गरेका छन् ।
निर्वाचन क्षेत्र नम्बर १  (क) को ताजा नतिजा अनुसार नेपाली कांग्रेसका जिल्ला सभापति खड्ग प्रसाद पोखरेल विजय भएका छन् । एमालेका उम्मेदवार ठम्मरबहादुर विष्टलाई ३०७५ मतान्तरले पछि पार्दै उनी विजय भए । पोखरेलले १८२६३ मत ल्याए भने बिष्टले १५१८८ मत ल्याए । पोखरेलले फराकिलो मतान्तरले विजय भएका छन् । सुर्खेत सिम्ता निवासी पोखरेल विकास प्रेमी, सादगी जीवन, मिजासिलो, स्वार्थरहित र लोकप्रिय नेताका रुपमा परिचित छन् । सिम्ता गाउपालिकाबाट ७ सय बढी मतको अग्रता लिएका पोखरेलले गुर्भाकोटबाट २५०० को मतान्तर निकालेका थिए ।
एमालेका उम्मेदवार विष्टले सिम्ताबाट अपेक्षित मत ल्याउन सकेनन्। उनी एमालेका केन्द्रीय सदस्य र कर्णाली प्रदेश सरकारका पुर्व मन्त्री समेत हुन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here