सुर्खेत, दैलेख र सल्यान, जुम्लामा गठबन्धनको अग्रता कायम

0
76

सुर्खेत, मंसिर ५ -कर्णाली प्रदेशको चार जिल्लाको पछिल्लो मत परिणाम अनुसार सुर्खेत, सल्यान, दैलेख, जुम्लामा गठबन्धले अग्रता कायम गरेको छ । सुर्खेत जिल्ला प्रतिनिधि सभा क्षेत्र नं २ (प्रत्यक्ष) तर्फको मतगणनाको पछिल्लो अपडेट अनुसार ८४९१ सुर्खेत जिल्ला प्रतिनिधि सभा क्षेत्र नं २ (प्रत्यक्ष) तर्फ को मतगणना गर्दा गठबन्धनका नेपाली कांग्रेसका हृदयराम थानी ३८१८ सहित अग्रता लिएका छन् ।

उनका प्रतिद्धन्द्धी एमालेका अमृत विसीले ३३९५ ल्याएका छन् । यस क्षेत्रमा २०७ मत बदर भएको छ । दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा पनि मतगणना सूरु भएको छ । ५० मत गन्दा नेकपा एमालेका लक्ष्मी पोखरेल ४३ मत र गठबन्धनबाट नेपाली कांग्रेसका दिक्पाल शाही ७ मत आएको छ । सल्यानमा पछिल्लो प्रतिनिधिसभातर्फ गठबन्धनबाट नेकपा एसका प्रकाश ज्वाला २५१६ मत ल्याई अगाडी छन् । एमालेका राजेन्द्र वीर राय ५२१, राजेन्द्र बहादुर शाह (पुतली) १६३७ मत रहेको छ । सल्यान प्रदेश सभा क तर्फ माओवादीका भिम प्रकाश शर्मा २०७७ र एमालेका कुल बहादुर गिरी १२३५ मत रहेको छ । प्रदेश सभा ख तर्फ नेपाली कांग्रेसका सुरेश अधिकारी १५४५, एमालेका गुलाबजङ शाह १७३४ मत रहेको छ ।

जुम्लामा पछिल्लो प्रतिनिधि सभा सदस्य मतगणना अनुसार राप्रपाका ज्ञानेन्द्र शाही ८६७ मतसहित अगाडी छन् । माओवादी केन्द्रका गोमा गौतम कुँवर २८४ र एमालेका रतननाथ योगी ६६ मत रहेको छ । जुम्ला प्रदेश सभा क्षेत्र (क) मा ९५९ मतमा रुख ३००, धारो ४००, सुर्य २०० र मादल ५९ मत रहेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here