सुर्खेत क्षेत्र नंं १ मा ७० प्रतिशत मत खस्यो

0
207

सुर्खेत, मंसिर ४- सुर्खेत क्षेत्र नम्बर १ मा शान्तपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । आईतबार विहान ७ बजेदेखि सूरु भएको मतदान बेलुका ६ बजेसम्म करिव सकिएको छ ।

केही मतदान केन्द्रमा ढिला मतदान सुरु भई साँझ ६ बजेसम्म सम्पन्न भएको थियो । यो निर्वाचन क्षेत्रमा सिम्ताको ६ स्थित बहुमुखी क्याम्पस मतदान स्थलका ३ वटा मतदान केन्द्रबाहेक सबै मतदान केन्द्रमा शान्तपुर्ण मतदान भएको क्षेत्र नम्बर १ निर्वाचन कार्यालयका अधिकृत उमेशकेशर खनालले बताउनुभयो । यो क्षेत्रमा ७० प्रतिशत बढी मत खसेको छ । मतदान सकिएसंगै मतपेटिका मेहेलकुना मतगणना केन्द्रमा ल्याउन सूरु भएको छ । विहान अवेर मतदान भएपनि बेलुका समयमा सकिएको छ । सिम्तामा मतदान गर्न दुई तीन लाग्ने बताएको छ । विवादित मतदानमा राजनैतिक सहमती नभएपछि रोकिएको हो ।

पुर्वीसुर्खेतको गुर्भाकोट, भेरीगंगा, लेकबेशीमा समयमा र सहज वातावरणमा मतदान भएको छ । यी क्षेत्रका मतपेटिका मतगणनास्थल मेहेलकुना लिने तयारी भएको छ । सिम्तामा मतदान रोकिएको भएपनि मतगणना गर्ने वा नगर्ने विषयमा राजनैतिक सहमतीबाट हुने बताएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here