सुर्खेतमा रोकिएको मतदान भोलि संचालन गर्ने निर्णय

0
80

सुर्खेत, मंसिर ५ सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ (क) को सिम्ताको एक मतदान केन्द्रमा स्थगित मतदान भोलि मंगलबार गर्ने निर्णय भएको छ ।

सिम्ता गाउँपालिका–६ स्थित बहुमुखी क्याम्पसको मतदान केन्द्रमा प्रदेश सभातर्फको मतपत्रमा प्रतिनिधि सभाको मतपत्र भेटिएपछि मतदान स्थगित भएको थियो । स्थगित मतदान भोलि विहान ७ बजेदेखि सूरु हुने सुर्खेत क्षेत्र नम्बर १ निर्वाचन अधिकृत कार्यालयका निर्वाचन अधिकृत उपेन्द्रकेशर खनालले बताए । भोलि मतदान हुने भएपछि निर्वाचन अधिकृत, सहायक निर्वाभन अधिकृत र आवश्यक कर्मचारी परिचालन गरिएको खनालले भने । आईतबार मतदानको क्रममा प्रदेशसभाको मतपत्रमा प्रतिनिधिसभातर्फको एक सय मत खसेपछि विवाद उत्पन्न भएको थियो ।

सर्वदलीय बैठक बोलाएर मतदान सुचारू गर्ने प्रयास भएपनि सफल भएको थिएन् । क्षेत्र नम्बर १ को तीन केन्द्रका मतदान रोकिएपछि मतगणना समेत स्थगित भएको छ । सुर्खेत क्षेत्र नम्बर २ मा भने मतगणना सूरु भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here