सात बर्षीय बालिकाको शव फेला, बलात्कारको शंका

0
137

गुर्भाकोट, जेठ २४- चार दिनदेखी हराइएकी गुर्भाकोटकी एक बालिकाको शव फेला परेको छ । बलात्कार गरि हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । गुर्भाकोट नगरपालिका–३ धारापानी घर भई हाल गुर्भाकोट ९ बोटेचौरमा बस्दै आएकी वर्षीय ग्रीस्मा विक मृत अवस्थामा फेला परेकी हुन् ।

स्थानीयका अनुसार बालिकालाई बलात्कार गरि हत्या गरिएको आशंका गरिएको छ । शरीर, कपडाको अवस्था हेर्दा बलात्कार गरेर हत्या गरेर फालेको देखिएको स्थानीय बताउँछन् । नगएको शनिवार हजुरआमासँगै सहारेमा आयोजित भोजमा सहभागी विक सोही दिन हराएको जानकारी आफन्तले दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले नेपालीरैबारले जानकारी दिए । उनका अनुसार बालिकाको शव विकको घरदेखी एकसय मिटरको दुरीमा आज विहान फेला परेको हो । आफन्तले शुरुमा बालिका अन्य आफन्तको घर गएको हुनसक्ने अनुमान गरेपनि खोज्दै जाँदा नभेटिएपछि सोमबार मात्रै प्रहरीलाई खवर गरेका थिए ।

घटनाबारे अनुसन्धान गर्न ईलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थल पुगेको छ । बालिकाको मृत्युको कारण नखुलेपनि घटनामा संलग्न भएको आशंका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । बालिकाको शव पोष्टमार्टमका लागि मेहेलकुना अस्पताल पठाएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here