सल्लीबजारमा आजबाट बनगाड साहित्य महोत्सव

0
88

हरि रोकाय चैत १४- बनगाड लोक साहित्य महोत्सव २०७८ आजदेखि सल्यानको सल्लीबजारमा शुरु हुने भएको छ । हाम्रो अभियान, सल्यान कला साहित्यको उत्थान भन्ने मुल आदर्श बोकेको जिल्लाको एक मात्र साहित्यीक संस्था सल्यान कला साहित्य परिषद सल्यानको आयोजनामा महोत्सव हुन लागेको हो ।

परिषदले विभिन्न मितिमा नेपाली साहित्यको उन्नयनका लागी जिल्ला र जिल्ला बाहीर विविध साहित्यीक गतिविधी सन्चालन गर्दै आएको छ । आजदेखि शुरु हुने महोत्सवमा आज पहिलो दिन टप्पा, मयुर, लाखे, सोरठी, लहरे, सारङ्गी, पञ्चेबाजा, पैजेरु आमा समुह, तथा स्थानिय प्रतिभाहरुको र्‍याली प्रदर्शनी हुने भएको छ ।
त्यस्तै आज नै पाचौ सल्यान गजल महफिल, मुक्तक मुसायरा, कविता बाचन, राष्ट्रिय गायक गायिका र हास्यव्याङ्गे कलाकारहरुको प्रस्तुती रहने छ ।

महोत्सवको दोस्रो दिन भोली स्थानिय प्रतिभा, स्थानिय सर्जकहरुको सिर्जना बाचन, बनगाड विम्ब विमर्श, राष्ट्रिय लोक दोहोरी गायक गायिकाहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
महोत्सव अवधि भर लोपोन्मुख कला संस्कृती र स्थानिय प्रतिभाहरुको उजागर, कला संस्कृतीको संरक्षण, प्रवर्धन, उत्थान, जगेर्ना, उन्नयनमा बृद्धिलाई मुख्य अग्रासर दिइने छ । त्यसका साथै स्थापित कवि, गजलकार, कलाकार, साहित्यकार, गायक गायिकाहरुको प्रस्तुती रहने जनाईएको छ ।
भोलीसम्म सन्चालन हुने महोत्सवको प्रमुख अतिथी बनगाड कुपिन्डे नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार पुनले उद्घाटन गर्नु हुनेछ । नगरपालिकाले महोत्सवमा आर्थिक सहयोग गरेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here