सल्यान कालीमाटीमा बँदेल आँतकले कृषक मारमा

0
175

दिलिप ढकाल, साउन २३- सल्यानको कालीमाटी गाउपालिका वडा नम्बर ६ का किसानहरु जङ्गली जनावर बदेलले मकै खान थालेपछि चिन्तित बनेका छन्। मकै बाली लगाएर खाने हुदै गर्दा जङ्गली जनावर बदेलले सबै सखाप पारेपछि वडा नम्बर ६ अन्तर्गत जलजला, काफल्नेटी,जुमखोला डडुवा लगाएत वरपर का किशान निराश बनेका छन्।

पछिल्लो समय रातिको बेला आउने बगाले बदेलले खाने भएसम्मको मकै खाने र खाने नभएको मकै र मकैको डाठसहित सबै ढालेर छोड्ने गरेको कालीमाटी गाउपालिका वडा नम्बर ६ जलजलाका कृषक गणेशबहादुर कार्कीले जानकारी दिनुभयो। उहाले भन्नु भयो,मेरो बारी मात्रै करिब १२-१३ रोपनीमा लगाएको मकै बगाले बदेलले एकै रातमा सखाप बनायो साथै उहाको अनुसार गाउमा बदेलले मकै नखाको कृषक कोहि नभएको र पोलेर खानी मकै पनि अब किन्नु पर्ने अबस्था आएको छ। उहाले थप्नुभयो खाने जति मकै खाएर भर्खर रोपेको खेतको आली समेत बदेलले भत्काउन थालेको छ। स्थानीय भिमबहादुर खत्रीले पनि बदेलले मकै खाएर सखाप पारेको दुखेसो गर्नुभयो । उहाले थप्नु भएको छ यसरि बदेलले मकै खानु नौलो नभए पनि यसपटक भने बगाले बदेल आएर एकै रातमा लगाको जति सबै मकै सखाप पारेर जाने गरेको छ। यस बिषयमा वडा नम्बर ६ का वडाअध्यक्ष टेकराज पुलामीसँग बुझ्दा यसरि बदेलले मकै तथा धान खाने पहिले देखिनै भएको भएपनि यो पटक भने धेरैनै खाएको आफुलाई कृषक जानकारी गराएको बताउनुभयो।                                                           उहाले मकै बारी तथा खेतमा कटेरो (बदेल कुर्ने घर ) बनाएर बस्नु बाहेक अर्को विकल्प नभएको बताउनुभयो । साथै आफुले अब पछिल्ला दिनमा जंगली जनावरबाट किसानको खेतीपाती जोगाउन पालिकासँग समन्वय गर्ने समेत प्रतिबद्दता ब्यक्त गर्नु भएको छ। साथै आफुले प्रहरीको रोहबरमा किसानको क्षतिपूर्ति सहित मुजुल्का बनाएर उचित राहातको लागि पालिकामा सिफारिस गरि पठाउने समेत जानकारी दिनुभयो। यसै बिषयमा कालीमाटी गाउपालिका कृषि शाखा प्रमुख बुद्दि पुनसँग प्रश्न गर्दा वडाले सिफारिस गरि पठाको खण्डमा आफुले क्षतिपुर्तिको लागि पालिका अध्यक्ष समक्ष पठाउने र पालिकाले सकेजति क्षतिपूर्ति उपलब्ध गराउने बताउनु भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here