जाजरकोट, जेठ १४- रुकुम पश्चिम सोतीमा भएको घटनामा बेपत्ताहरुको खोजीका लागि गोताखोर परिचालन गरिएको छ । कर्णाली प्रदेशबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले बुधबार बिहानैबाट खोजी कार्य शुरु गरेको हो ।

कर्णाली प्रदेशबाट आएको सशस्त्रका असई रमेश थापाको नेतृत्वमा ४ जनाको टोलीले जाजरकोटको कालेगाउँमा रहेको भेरी नदीमा खोजी कार्य शुरु गरेको छ । शनिबार राती भएको घटनामा नदीमा बेपत्ता भएकाले घटना भएको ३ किलोमिटर आसपासमा तिव्र खोजी कार्य भइरहेको शसस्त्र प्रहरी बल जाजरकोटका प्रमुख यज्ञ बस्नेतले जानकारी दिए । विपद व्यवस्थापन तालिम प्राप्त ११ जनाको बेपत्ताको खोजीमा खटिएको उनको भनाई छ । सोतीमा विवाहका लागि प्रेमिकालाई भगाउन गएका जाजरकोट रानागाउँका नवराज विकसहित ६ जना स्थानीयको आक्रमणमा परेर बेपत्ता भएका थिए । जसमा नवराजत विक, गणेश बुढा, लोकेन्द्र सुनार र टीकाराम सुनारको शब भेटिएको छ । बेपत्ता हुनेमा भेरी नगरपालिका–४ का सुरज विक, वडा नं. ११ का गोविन्द शाही छन । स्थानीयले उनीहरुलाई मारेर भेरी नदीमा फालेका बताइएको छ । तर आरोपितले भने युवाहरु आफै ज्यान जोगाउन नदीमा हाम फालेका दाबी गर्दै आएका छन ।

प्रहरीले सोतीका वडाध्यक्ष डम्बर मल्ल, युवतीका बुवा वीरबहादुर मल्ल र आमा प्रकाशी मल्लसहित १५ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here