मेयर र उपमेयरसंगै योग सिक्दै योग दिवस मनाईयो

0
406

भेरीगंगा,माघ १ सुर्खेत-भेरीगंगा नगरपालिका आयुर्वेद शाखाको आयोजनामा बिहिवार एक कार्यक्रमको आयोजना गर्दै छैठौं राष्ट्रिय योग दिवस मनाएको छ। नगरका मेयर भुपेन्दबहादुर चन्द र उपमेयर रेणु आचार्यसंगै योगअभ्यास गर्दै योग दिवस मनाईयो। भेरीगंगा ८ मैनतडामा आयोजित कार्यक्रममा मेयर र उपमेयरसंगै सहभागीले योगाअभ्यास सिक्दै योग दिवस मनाएको छ।                                               कार्यक्रममा आयुर्वेद शाखाका प्रमुख छविलाल खड्काले जनप्रतिनिधि, कर्मचारी र सहभागी नगरबासीलाई योगका विभिन्न प्रणायम र आसन सिकाएका थिए। सहभागी मेयर र उपमेयरले फुर्तिलो शरिरका साथ योगअभ्यास गरेपछि सहभागीले साथ दिएका थिए । झण्डै दुई घण्टा योगाअभ्यास गरिएको थियोे । कार्यक्रममा बाह्मकुमारी विश्वविद्यालयका भेरीगंगा प्रमुख आरती रेग्मीले सहभागीलाई मेडेटिसियन प्रशिक्षण दिनुभयो । योग गरौ र कोरोना हटाअौ भन्ने नाराका साथ छैठौं योग दिवस मनाएको आयुर्वेद शाखा प्रमुख खड्काले जानकारी दिनुभयो । कार्यक्रममा कार्यकारी प्रमुख जगत बहादुर बस्नेतले योगको महत्वको बारेमा जानकारी दिनुभयो । उपमेयर आचार्यले योग मानव जिवनमा अति आवश्यक रहेकोले नगरपालिका जहरे, छिन्चु र रामघाटमा योग प्रशिक्षण शिविर र भवन बनाउन आवश्यक रहेको बताउनुभयो ।                       आयोजित योग दिवसमा मेयर चन्दले नगरबासीको स्वस्थ, दिघार्युका लागि योग तथा यस्ता अभ्यासको जरुरी रहेको बताउनुभयो । नगरमा योग सम्बन्धि कार्यक्रम निरन्तरता र आवश्यक बजेट, कार्यक्रममा नगरले सहयोग गर्ने प्रतिबद्वता जनाउनुभयो । कार्यक्रममा नगरका जनप्रतिनिधि, वडाअध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, नगरबासीसिहत २०० बढीको सहभागीता रहेको थियोे । कार्यक्रमको संचालन सहकारीकर्मी ज्ञानु भुषालले गर्नुभएको थियोे ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here