हुम बहादुर कार्की फाल्गुन २७ – सुर्खेत गुर्भाकोट नगरपालिका वडा न.२ स्थित रहेको जन ज्ञान भन्डार मा.बि. कोटखोला को तटबन्ध निर्माण कार्य शुरु भएको छ ! सामाजिक बिकास मन्त्रालय प्रदेश शिक्षा निर्देशनालय को आर्थिक बिकास सहयोग मा र मा बि कोटखोला को समन्वय मा तटबन्ध निर्माण कार्य गरिएको हो !
तटबन्ध निर्माण का लागि आ.ब. २०७८/७९ को बिपत जोखिम ब्यबस्थापन परियोजना मार्फत ४० लाख रकम बिनियोजित भै जाली सहित को तटबन्ध गरि फिल्ड चउर फराकिलो गर्दै दक्षिण तर्फ को बस्ती जोगाउने उद्देश्य ले कार्य शुरु भएको बिब्यस का अध्यक्ष प्रकाश डिसिले बताउनु भएको छ ! बिगत १४ बर्ष देखि तटबन्ध सुरु गरि सम्पन्न भएको काम बि.स. २०७८ असार १२ गतेको अविरल वर्षा का कारण भत्किएको थियो सोही दिन २० मिटर उचाइ र ३० मिटर लम्बाइ जाली बिच भाग बाट भत्किदा बिधालय लाई ठूलो नोक्सान हुन पुगेको अध्यक्ष डिसिले बताउनु भएको छ ! उक्त्त तटबन्ध निर्माण गर्दा इस्टमेट अनुसार दिगो बिकास हुने गरि गर्नु पर्ने प्रदेस शिक्षा निर्देशनालय का इन्जिनियर हिमाल रावत ले जानकारी दिनु भएको छ ! यसै गरि वडा अध्यक्ष नोख बहादुर वलि ले सुरुवात मा ध्यान नपुर्याउदा बर्षौ देखि को मेहेनत दैबी प्रकोप का कारण भत्किने हुदा यस पटक पु:न यस्तो कार्य नदोहोरिने गरि सबै को सल्लाह र सुझाब लिएर प्राबिधिक इस्टिमेट अनुसार गर्नु पर्ने बताउनु भएको छ!
तटबन्ध निर्माण कार्य धमाधम सुरु भै रहेको छ उक्त्त कार्य बिधालय ब्यबस्थापन समिती मार्फत सन्चालन भएको छ ! यसै गरि यो चैत्र मसान्त सम्म तटबन्ध र चउर को काम सम्पन्न गरि नया साल देखि यस बिधालय को खेल मैदान पूरा हुने हुदा विद्यार्थी क्रियाकलाप गर्न सहज हुने प्रद्यानाध्यापक गङ्गा प्रसाद भट्ट ले जानकारी दिनु भएको छ !