मालारानीमा अनुदानका हाते ट्याक्टर र कम्बाइन मिल बितरण

0
111

हुम बहादुर कार्की जेष्ठ २९ – गुर्भाकोट नगरपालिका कृषि शाखाको आर्थिक सहयोगमा र हरियाली धानको बीउ उत्पादन पकेट संचालन समिती गुर्भाकोट २ को आयोजना साथै हरियाली कृषि बजार सहकारी सस्थाको समन्वयमा ५०% अनुदानमा कृषि औजार उपकरण ७ वटा मिनि टेलर र २ वटा कम्बाइन मिल बितरण गरिएको छ ।

कार्यक्रममा सभाअध्यक्ष धान पकेट सन्चालन समितीका अध्यक्ष मोति प्रसाद चपाइ प्रमुख अतिथि, नगर प्रमुख हस्त पुन विशेष अतिथी, नगर उप-प्रमुख मैना बिक,  अतिथीहरु वडा न. २ का वडाअध्यक्ष नोख बहादुर वलि कार्यपालिका सदस्य राधा ढकाल वडासदस्यहरु कल्पना वलि तिला टमटा नरसिंह वलि नगर कृषि शाखा प्रमुख नबराज थापा मान बहादुर खत्री वडा सचिब गणेश डिसि सहकारी सदस्य सल्लाहकार खिमानन्द ढकाल र प्रकाश डिसि को अतिथ्यमा कृषि यान्त्रिक हस्तान्तरण कार्यक्रम भएको थियो । कार्यक्रम सम्बोधन गर्दै प्रमुख अतिथी नगर प्रमुख हस्त पुनले आफू सङ्ग भएको कृषि क्षेत्रलाई सहि सदुपयोग गरि कृषि उत्पादनमा जोड दिई आर्थिक लाभ लिन आग्रह गर्नु भएको थियो । यसै गरि विशेष अतिथी नगर उप प्रमुख मैना बिकले गुर्भाकोटमा कृषि प्रणालीका लागि थुप्रै नगर कृषि शाखाबाट अनुदानका कार्यक्रमहरु भएको जानकारी गराउदै अझै कृषि क्षेत्रलाई सहजीकरण गर्न बिशेश अनुदानका प्याकेजहरु लिने बताउनु भएको थियो ।
वडा अध्यक्ष नोख बहादुर वलि का अनुसार नगर कृषि शाखा तथा हरियाली सहकारी सस्था लाई धन्यवाद दिदै आगामी दिन मा वडा कार्यलय बाट पनि कृषि प्याकेज लिने बताउनु भएको थियो ।  कार्यक्रम मा ७ वटा मिनिटेलर खिम बहादुर खत्री,याम बहादुर खड्का,धनबिर रखाल,डम्मर बहादुर पुन,बेद प्रसाद ढकाल,हरिलाल वलि र मेख बहादुर राना लाई उपकरण हस्तान्तरण गरिएको थियो भने २ वटा कम्बाइन मिल मोति प्रसाद चपाइ र गणेश बहादुर ढकाल लाई उत्त यान्त्रिक उपकरण हस्तान्तरण गरिए को थियो ।
कार्यक्रम मा स्वागत मनतब्य पकेट सन्चालन समिती का सदस्य गणेश बहादुर ढकालले गर्नु भएको थियो ।
कार्यक्रम समापन गर्दै अध्यक्ष मोति प्रसाद चपाइले नगर कृषि शाखा बाट आएका विभिन्न अनुदान का कार्यक्रम हरु यस सस्थाले जस्ता को तस्तै कृषक लाई बितण गरे को बताउदै नगर पालिका तथा नगर कृषि शाखालाई धन्यवाद ब्यत्त गर्नु भएको थियो ।
कार्यक्रम सन्चानल सहकारी का सचिब नन्दलाल भुसालले गर्नु भएको थियो भने सयेर सदस्य तथा कृषकहरु को सभागिता समेत रहेको थियो ।
साथै यस धान पकेट सन्चालन समितिले धान बीउ उत्पादनका लागि उन्नत जातका धानका बीउहरु बितरण गरेको छ ।  हार्बिस्टिक पोलि ब्याग किट्नासक औषधिहरु लगायत पनि बितरण गर्दै आएको अध्यक्ष मोति चपाइले बताउनु भयो।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here