भेरीगंगा ११ का दुई बालक सम्पर्कबिहिन

0
127

शृजना बारघरे, भदौ ३० – पुर्वी सुर्खेतको भेरीगंगा ११ रामघाटबाट दुई जना बालक करिब तीन हप्ता अघिबाट सम्पर्क बिहिन भएका छन् । रामघाटका १३ बर्षीय बालक ललित बिक(कैलास) र बिकास खड्का बेपत्ता भएका हुन् ।

भदौ १० गते साझ करिब ५ बजेर ३० मिनेटमा घरमा आफनो दाइको छोरासंग झगडा परेर घर निस्किएको र हालसम्म सम्पुर्ण आफन्तको घरमा खोजतलास गर्दा समेत फेला नपरेको ललित बिकको बुवा कर्णबहादुर कामीले बताउनुभयो । आमा बुवा इन्डियाको सिम्लामा ललितको ममिलाई औसधि गर्न गएको बेला यता घरमा आफनो दाइ भाउजूसंग बस्दै आएको र दाइले तिजको लागि आफनो छोरा र भाइ ाई कपडा लाइदिएको र त्यही कपडाको बिसयमा दाइको छोरासंग झगडा गरि दाइले ल्याइएको कपडा नलिइ पुरानो कपडा र स्कुल झोला लिएर घरबाट निस्केको कामिले बताउनुभयो । सम्पर्क बिहिन भएको यत्रो दिन बित्दा पनि कसैले केही खोज तलास नगर्दा बुवा इन्डियाबाट आएर खोज तलास सुरु गरेको कामीले बताउनु भयो ।

यदि कोहि कसैले फेला पार्नु हुनेले नजिकको प्रहरी कार्यलय र उनको बुवाको मोबाइल नम्बर ९८२३२०४३६३ मा सम्पर्क गरेदिन बुवाले अनुरोध गर्नु भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here