भेरीगंगा वडा नम्बर ४ र १२ मा शुक्रबार सार्वजनिक सुनुवाई सम्पन्न

0
204

दिपक बराल भेरीगंगा, फागुन २०- भेरीगंगा नगरपालिकाको वडा नम्बर ४ र १२ मा शुक्रबार वडा कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आयोजित कार्यक्रममा सहभागीले वडाभित्र सडक, खानेपानी, सिँचाई र विद्युत विस्तारका समस्या र ढिलासुस्तीका विषयमा सवाल गरेका छन् । नगरपालिकाको आयोजना, न्यू प्लान सस्थाको सहजीकरण र रेडियो बिजी एफएमको व्यवस्थापनमा सम्पन्न दुवै वडाका सार्वजनिक सुनुवाईमा सहभागीले जनप्रतिनिधीले अपेक्षा अनुसारमा वडामा विकास गर्न नसेको गुनासो समेत गरेका छन् ।

वडाबासीको सवालको जवाफ दिदै भेरीगंगा वडा नम्बर ४ का वडाअध्यक्ष महाविर खत्रीले वडाको बजेट थोरै भएपनि मागका आधारमा सबै टोलहरुमा विकासका कार्यहरु विस्तार भएको बताउनुभयो । वडा नम्बर ४ का रेशमबहादुर पुनमगर, भुमिकला सुनार, रुपसिँह सुनार, भुमिकला सुनार, वडासचिव लालबहादुर खड्काले सेवाग्राहीको जिज्ञासाको उत्तर दिनुभएको थियो । वडा नम्बर १२ का वडाअध्यक्ष हरिप्रसाद कडेलले जनताको आवश्यकता अनुसार विकासका काम भएको भन्दै छिन्चु बजारको शहरीकरणमा रातदिन लागेको बताउनुभयो ।

कार्यक्रममा वडासदस्यहरु रमना दमाई, देउप्रसाद बस्नेत, मनकली खड्का, वडासचिव मेनका खड्काले सेवाग्राहीका विज्ञासाको सम्बोधन गर्नुभएको थियो । दुवै वडामा सेवाग्राहीले आधारभुत विकास निर्माणमा राजनैतिककरण भएको, मनपरी बजेट खर्च भएको गुनासो गरेका छन् । आयोजित सार्वजनिक सुनुवाई १२० बढी वडाका सेवाग्राही र सरोकार निकायको सहभागीता रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here