भेरीगंगा र गुर्भाकोटका वनमा भिषण आगलागी

0
317

भेरीगंगा, बैशाख १५ – गर्मीयाम बढेसंगै भेरीगंगा र गुर्भाकोट नगरका विभिन्न सामुदायिक वनहरुमा आगलागी सुरु भएको छ । केही सातायता भेरीगंगा र गुर्भाकोट नगरका विभिन्न वडामा रहेको दर्जनौ सामुदायिक वनहरुमा आगलागी हुने क्रममा जारी रहेको छ ।

भेरीगंगा वडा नम्बर ७ को मुलपानी सामुदायिक वनमा, वसेनी हरियाली सामुदायिक वनमा समेत त्यहाको आगो आगलागी र उक्त आगो नियन्त्रण बाहिर रहेको भेरीगंगा वडा नम्बर ७ का वडासचिव घनबहादुर सुनारले जानकारी दिनुभयो । बसेनी हरियाली सामुदायिक वनमा अझै पनि नियन्त्रणमा आएको छैन भने मुलपानी सामुदायिक वनमा भने त्यहाका स्थानीय वासिन्दा गयर उक्त आगो नियन्त्रणमा ल्याउन सफल भएको मुलपानी सामुदायिक वनका अध्यक्ष जयलाल वलिले वताउनुभयो । वसेनी हरियाली सामुदायिक वनमा त्यहाका वासिन्दा, इलाका प्रहरी कार्यालय छिन्चुको टोलि र वनकाप्रतिनिधी लगायतले अथक प्रयास गर्दा पनि आगो नियन्त्रणमा आउन सकेको छैन् ।

उता गुर्भाकोट नगरपालिकास्थित खैरिनी सामुदायिक वन र त्यस वननजिकै रहेको देउराली सामुदायिक वनमा आगलागी हुदा त्यहाका स्थानीय वासिन्दाहरु मिलेर उक्त आगो नियन्त्रणमा लिएको खैरिनी वनका अध्यक्ष प्रभा थापाले जानकारी दिनुभयो । जङ्गल भिरालो त्यसमा खर धेरै भएकोले र कुसुम झरेर साथै सम्पूर्ण वोटविरुवाका सुकेका पातहरु प्रशस्त खसेकाले आगोलागी भएको थापाले बताउनुभयो । अहिले भेरिगंगा नगरपालिका र गुर्भकोट नगरपालिकाका विभिन्न स्थानका सामुदायिक वनमा आगोलागि भैरहेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here