रमेश राजी, भेरीगंगा ११ सुर्खेत- सुर्खेतको भेरीगंगा नगरपालिकास्तरीय राष्ट्रपति कप शिल्ड प्रतियोगिताको उपाधी शिखर मावि रामघाटले उचालेको छ । तीन दिनसम्म चलेको नगरस्तरीय राष्ट्रपति कपमा ३१ अंक प्राप्त गरि भेरीगंगा ११ स्थित शिखर मावि रामघाटले प्रथम उपाधी कब्जा गरेको हो ।


यस्तै नगरस्तरीय राष्ट्रपति कपमा समावेश खेलहरुमा २० अंक प्राप्त गरि लालीगुराँस मावि द्धितीय भएको छ । प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । प्रतियोगितामा भलिबल, कबडी, भाला, छेलो, एथेलेटिक्स अन्तर्गत १००, २००, ४०० मिटर, ८०० मिटर, १६०० मिटर रिले दौड, आईजम्प, लंगजम्प समावेश गरिएका थिए । उक्त प्रतियोगितामा एथेलेटिक्समा छात्रा उत्कृष्टमा लालीगुरास माविका मेनका शाही, भलिबलतर्फ नेरामाविका राजेश सुनार, कबडीतर्फ शिखर माविका तिलक खड्का, एथेलेटिक्स छात्रतर्फ शिखर माविका रत्न धौलाकोटी र भलिबलतर्फ सामुदायिक माविका निसा खत्रीलाई उत्कृष्ट खेलाडी घोषित भएका थिए । उत्कृष्ट खेलाडीलाई प्रमाणपत्र वितरण गरिएको थियो । विद्यालयस्तरीय मार्चपासमा लालीगुरास मावि प्रथम, शारदा मावि द्धितीय र शिखर मावि तृतीय भएको थियो । प्रतियोगितामा मावि झिङ्गनी र लोदेले सहभागीता जनाएनन् । राष्ट्रका लागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ तीन दिसम्म भेरीगंगा नगरस्तरीय राष्ट्रपति कप छनोट प्रतियोगिता सम्पन्न भएको हो । लालीगुराँस मावि भेरीगंगा १३ को आयोजनामा प्रतियोगिता भएको थियो । भेरीगंगा नगरपाकिलाको सहयोग र वडा नम्बर १३ को आर्थिक सहयोगमा प्रतियोगिता भएको हो ।

प्रतियोगिता समापन शत्रको सभापतित्व लालीगुरास माविका अध्यक्ष टेकबहादुर रावतले गर्नुभयो । यस्तै समापनमा वडा नम्बर ८ का वडाअध्यक्ष पदमबहादुर खत्री, शिक्षा शाखा संयोजक धिरेन्द्र शर्मा, भेरीगंगा १३ का वडाअध्यक्ष टिकाराम सुवदी, रामघाट प्रहरी ईन्चार्ज पुर्णबहादुर राना, वडासदस्य, जनप्रतिनिधी, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीको सहभागीता रहेको थियो । समापनमा सहभागी अतिथिले कप विजेता विद्यालय र विद्यार्थीलाई प्रमाणपत्र, शिल्ड र मेडल वितरण गरेका थिए ।

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here