भेरीगंगा नगरमा नेतृत्व विकास तालिम सम्पन्न

0
291

दिपक बराल, चैत १- भेरीगंगा नगरपालिकाका महिलाहरुका लागि आयोजित नेतृत्व तथा संस्थागत बिकास तालिम सोमबार सम्पन्न भएको छ । भेरीगंगा नगरपालिका महिला तथा बालबालिका शाखा छिन्चु सुर्खेतको आर्थिक सहयोगमा फागुन २७ गतेदेखि संचालित तालिम सम्पन्न भएको हो ।

सोमबार एक कार्यक्रमका बिच भेरीगंगा नगरका नगरप्रमुख भुपेन्द्रबहादुर चन्दले पाँच दिने तालिमको समापन गर्नुभएको हो । नगरप्रमुख चन्दको सभापतित्वमा तालिम सम्पन्न भएको हो । तालिम समापनको बिशेष अतिथिको रुपमा मेयरका स्वकिय सचिव खगेन्द्रबहादुर नगाल, उद्योग विकास शाखाका अधिकृत पिताम्बर पौडेलको सहभागीता रहेको थियो । तालिममा नगरभित्र सञ्चालित भिभिन्न सहकारी संस्थाका पदाधिकारहरु गरि २५ जनाको सहभागी रहेको महिला तथा बालबालिका शाखा छिन्चु सुर्खेतले जनाएको छ । तालिम समापन गर्दै नगर प्रमुख चन्दले पाँच दिने तालिम बाट सिकेका ज्ञान, सिपलाई आफ्नो जिवनमा सहि सदुपयोग गरी अघि बढ्न आग्रह गर्नुभएको थियो ।

भेरीगंगा नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष हरि प्रसाड कंडेलको प्रमुख अतिथिमा सम्पन्न भएको तालिको सहजीकरण महिला तथा बालबालिका प्रमुख सबिता राणा, अधिबक्ता मोतिराम शर्मा, सुचना अधिकारी अनिल चपाई, योजना शाखा प्रमुख कमलसिङ नेपाली र घरेलु उद्योग शाखाका प्रमुख चित्रा डाङ्गीले गर्नुभएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here