भेरीगंगा, सुर्खेत- भेरीगंगा नगरपालिकाको कुल क्षेत्रफलमा ४,४११.२५ हेक्टर क्षेत्रफल जंगल रहेको छ । नगरपालिकाको जम्मा भूभागको १७.२४ प्रतिशत जंगल रहेको छ । यहाँ रहेका ३४ वटा सामुदायिक वनहरुले नगर क्षेत्रमा विकासमा साझेदारी गर्ने गरेका हुन् । नगरपालिकाले सामुदायिक वनहरुलाई वृक्षारोपण र जडिबुटीका विउविजनमा सहयोग गर्दै आएको छ ।

यस्तै सामुदायिक वनहरुले वनको आम्दानीबाट नगरभित्र सडक बनाउने, सामुदायिक भवन निर्माण, खानेपानी, कुवा ईनार, प्रतिक्षालय बनाउने लगायतका सामाजिक कार्य गर्दै आएका छन् । यस नगरपालिका क्षेत्रमा लगभग ७३ प्रतिशत हेक्टर भूभाग वन क्षेत्रले ओगटेको पाइन्छ । जसमा सामुदायिक वन, राष्ट्रिय वन निकुञ्जको क्षेत्रसहित पर्दछ । मुख्यरुपमा सामुदायिक वनका रुपमा रहेको वन क्षेत्रअन्र्तरगत विभिन्न सामुदायिक वन उपभोक्ता समितिहरू रहेका छन् । नगरपालिकाको क्षेत्रमा दर्ता गरिएका सामुदायिक वनहरु यहाँको विकासमा साझेदारी रहेको बसेनी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष देवबहादुर मिजार बताउनुहुन्छ । सामुदायिक वनको आम्दानीबाट स्थानीय स्तरमा विकास निर्माण र उपभोक्ताहरुको क्षमता विकासमा खर्च हुने गरेको उहाँले जानकारी दिनुभयो । यहाँ रहेको वडा नम्बर ५ मा रहेको वन उपभोक्ता समूह, वडा नम्बर १२ को रामजानकी सामुदायिक वन वनको आफ्नै भवन निर्माण गरेका छन् । यस्तै भेरीगंगा ७ स्थित चिसापानी हरियाली सामुदायिक वनको आफ्नै भवन रहेको छ ।

नगरपालिकाले बर्षनी सामुदायिक वनहरुमा वृक्षारोपण र जडिबुटी खेतीका लागि आर्थिक सहयोग गर्दै आएको छ । यस्तै सामुदायिक वन क्षेत्रमा पिकनिकस्थल, पर्यटकिय क्षेत्र, पार्क, बगैचा निर्माणमा सहयोग गर्दै आएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here