भेरीगंगा, मंसिर १०- लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान हिजो देखि सुरु भएको छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसा विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउने गरिएको हो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो । यो वर्ष घरबाटै शुरु गरौ महिला हिंसा अन्त्य गरौँ भन्ने नाराका साथ मनाउन लागिएको हो । यसै अवसरमा भेरिगंगा नगरपालिका सुर्खेतमा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान हिजोदेखि सुरु भएको छ ।

मसिंर ९ गते देखी मसिंर २४ गतेसम्म भेरीगंगा नगरपालिका सुर्खेतमा भेरीगंगा नगरपालिकाका उप प्रमुख रेणु आचार्य ढकालको संयोजकत्मा लैगिक हिंसा बिरुद्धको १६ दिने अभियान बिभिन्न कार्यक्रम गरी मनाइने भएको छ । सो कार्यक्रममा लैङ्गिक हिंसा बिरुद्ध सचेतनामुलक कार्यक्रम सञ्चालन,बिद्यार्थीलाई सेनिटरी प्याड हस्तान्तरण, बिश्ब एडस दिबस, ¥याली कार्यक्रम र यातायातकर्मीलाई सचेतना कार्यक्रम संचालन, अन्तरास्ट्रिय अपाङ्गता दिबसको अबसरमा लैङ्गिक हिंसा न्यनिकरणमा बिद्यार्थीको बिषयक वक्तृत्वकला प्रतियोगिता,मेरो सफा र सुन्दर बिद्यालय बिषयक चित्रकला प्रतियोगिता, ¥याली तथा अपाङ्गता भएका बिद्यार्थीलाई स्टेशनरी वितरण,सम्मान र अन्तरकृया कार्यक्रम,स्वास्थ्य शिबिर कार्यक्रम गर्ने भनिएको छ ।

यसैबिच लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा गुर्भाकोट र लेकबेशी नगरपालिकाले पनि विभदि कार्यक्रम आयोजना गरेका छन् । दिवसको अवसरमा १६ दिनसम्म कार्यक्रम रहेको महिला तथा बालबालिका शाखाले जानकारी दिएका छन् । १६ दिने अभियानका क्रममा अपाङ्ग दिबसको अबसरमा नगरपालिका परिसर सरसफाई कार्यक्रम, अन्तरास्ट्रिय स्वयम सेबिक दिबस ¥याली र अन्य कार्यक्रम,महिला अधिकार र अपाङ्गता बिषयक सचेतना कार्यक्रम, लैङ्गिक हिंसा बिरुद्ध १ दिने कार्यशाला,मानब बेचबिखन विरुद्ध सचेतना कार्यक्रम, अन्तरास्ट्रिय भ्रष्टचार विरुद्धको दिवसमा व्यानर प्रदर्शन,पम्पलेट प्रकाशन तथा बितरण,मानब अधिकार दिवसको दिन बाजागाजा सहितको ¥याली लगायतका कार्यक्रम रहेका छन ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here