भेरीगंगामा २२ हजार बढी मत खस्यो

0
216

दिलिप ढकाल, बैशाख ३१ – पुर्बी सुर्खेतको भेरीगङ्गा नगपालिकामा शान्तिपूर्ण र उत्साहपुर्बक मतदान सम्पन्न भएको छ । बिहान समयमै सुरु भएको मतदान प्रक्रिया साझ करिब ६ बजे तिर सम्पन्न भएको हो । नगरपालिकामा कुल ३१,२१२ मत दाता रहेका थिए । जसमा २२,२९४ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

कुल मतदाता संख्याको ७१. १३% मत खसेको छ । सबै भन्दा बढी वडा नम्बर १० मा २,२४५ अर्थात ७३.८४ % मत र सबै भन्दा कम वडा नम्बर १ मा १०४३ अर्थात ६९% मत खसेको छ । त्यस्तै भेरीगङ्गा नगरपालिका को वडा नम्बर २ मा २,२१३ मतदात मध्ये १,५१६ अर्थात ६८.५% ले मतदान गरेका छन् भने वडा नम्बर ३ मा १,५८२ जना मतदाता मध्ये १,१८७ अर्थात ७५% ले मतदान गरेका छन्। वडा नम्बर ४ मा २,७९९ मतदाता रहेको मा २,०२९ अर्थात ७२.४९% ले मतदान गरेका छन् भने वडा नम्बर ५ मा २४५० मतादाता मध्ये १७०५ अर्थात ६९.५९% ले मतदान गरेका छन् । त्यस्तै वडा नम्बर ६ मा २३४० मतादाता रहेकोमा १,६५६ अर्थात ७०.७६% ले मतदान गरेका छन् भने वडा नम्बर ७ मा १५२७ मतदाता रहेकोमा १,०८८ जना अर्थात ७१.२५% ले मतदान गरेका छन् । वडा नम्बर ८ मा २,७७९ जना मतदाता रहेकोमा १,९२८ अर्थात ६९.७%ले मतदान गरेका छन् भने वडा नम्बर ९ मा २,७२३ मतदाता रहेकोमा १,७७२ अर्थात ६५% ले मतदान गरेका छन् भने डा नम्बर ११ मा ३,०८७ जना मतदाता रहेकोमा २,१२३ अर्थात ६८.७७ % ले मतदात गरेका छन् । वडा नम्बर १२ मा २,४२९ मतदाता रहेकोमा १,७९३ अर्थात ७३.८१% ले मतदान गरेका छन् भने वडा नम्बर १३ मा २,८३१ जना मतदाता रहेकोमा २,०८७ अर्थात ७३.७१% ले मतदान गरेको भेरीगंगा नगरपालिका निर्बाचन अधिकृत नगेन्द्र लम्सालले जानकारी दिनु भयो ।

नगरापालिमा सर्बदलीय बैठक बसी बिहान १० बजे देखि नगरपालिकाको कार्यालयमा मत गणना सुरु हुने निर्बाचन अधिकृत को कार्यालयले जानकरी दियको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here