भेरीगंगामा रेबिज रोग संक्रमित कुकुरको आंतक, आठ जना टोकाईबाट घाईते

0
836

टेकेन्द्र बस्याल, असोज ९-भेरीगंगा नगरपालिका अन्तर्गत साविक छिन्चु गाविस अन्तर्गत पर्ने चार वटा वडामा रेविज रोग पोजेटिभ देखिएका बौलाह कुकुरको आतंक सूरु भएको छ । एक सातामा बौलाह कुकुरको टोकाईबाट आठ जना सर्वसाधरण नागरिक घाईते भएका छन् । भेरीगंगा नगरको वडा नम्बर ४,५,१० र १२ वडामा असोज महिनादेखि बौलाह कुकुरको बिगबिगी बढेको हो ।


भेरीगंगा वडा नम्बर ४ बाट देखिएको बौलाह कुकुरको टोकाई अहिले नगरका चार वटै वडामा फैलिएको छ । नगरमा सर्वसाधरण टोक्ने भुस्याह र घरपालुवा कुकुरमा रेबिज पोजेटिभ पुष्टि समेत भएको भेरीगंगा पशुपंक्षी विकास शाखा प्रमुख भोजप्रसाद चपाईले बताउनुभयो । साविक छिन्चु क्षेत्रमा अहिले रबेजि संक्रमित बौलाह कुकुरको बिगबिगी भएको छ । कुकुरको टोकाइबाट आईतबारसम्म आठ जना घाइते भएका छन् । रेविज पोजेटिभ भएका बौलाह कुकुरको आतंक वडा नम्बर ४ मा सबैभन्दा धेरै देखिएको छ । त्यसपछि क्रमशः वडा नम्बर १२, १० र ५ मा देखिएको पशुपंक्षी विकास शाखा प्रमुख चपाईले जानकारी दिनुभयो । कुकुरको बिगबिगी बढ्न थालेपछि भेरीगंगा नगरका यी वडा र आसपासका नागरिक त्रशित बनेका छन् । विभिन्न गन्तव्यमा हिंडेका पैदलयात्रीलाई बौलाह कुकुरले टोक्न थालेपछि सर्वसाधारण नागरिक त्रशित हुन थालेका छन् । रेबिज संक्रमित कुकुरले टोकेका व्यक्तिको मेहेलकुना अस्पतालमा खोप लगाएर उपचार भैईरहेको छ । भेरस्गंगाको छिन्चु क्षेत्रमा बौलाह कुकुरको टोकाइबाट घाइते हुने बिरामीको संख्या आउने क्रम बढ्दै गएको छ । असोज ५ गते भेरीगंगा वडा नम्बर ४ मा मान्छे टोकेर मारिएको कुकुरको ल्याव परीक्षण गर्दा रेविज पोजेटिभ पुष्टि भएको पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका प्रमुख डा. विकास श्रेष्ठले बताउनुभयो । भेरीगंगामा सडकमा देखिएका बौलाह र मान्छे टोक्ने कुकुरमा गरिएको परीक्षणबाट प्रायमा रेविज पुष्टि भएको डा. श्रेष्ठले भन्नुभयो । अहिले कर्णाली प्रदेशको भेरीगंगा नगरपालिका र रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा रेविज संक्रमित बौलाह कुकुरको आतंक देखिएको छ ।

भेरीगंगा प्रमुख प्रशासकियको कुकुरमा पहिलो रेबिज पुष्टिः
भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पोखरेलको वडा नम्बर ४ मा रहेको घरपालुवा कुकुरले स्थानीयलाई टोकेपछि त्यही कुकुरबाट रेविज पोजेटिभ पुष्टि भएको थियो । प्रमुख प्रशासकिय पाखेरेलको कुकुरले ४ जना मान्छे र स्थानीय घरपालुवा जनावरलाई टोकेपछि त्यसलाई स्थानीयले मारेर असोज ४ गते गाडेका थिए । असोज ५ गते नगर पशुपंक्षी शाखामा खवर गएपछि मारेको कुकुर खाडलबाट निकालेर पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ल्याव टेष्ट गरेपछि असोज ६ गते रेविज पोजेटिभ पुष्टि भएको थियो । त्यसपछि भेरीगंगाको वडा नम्बर ४ र आसपासका वडाहरुमा घरपालुवा तथा भुस्याह कुकुरको ल्याव परीक्षण गर्दा रेविज देखिएपछि यसले भित्रभित्रै संक्रमण व्यापक भएको पुष्टि भएको पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका प्रमुख डा. श्रेष्ठले भन्नुभयो । भेरीगंगामा रेबिज रोग पुष्टि भएपछि बौलाह कुकुरले टोकेका बिरामी अस्पताल आउन थालेका छन् । स्थानीयबासी आफ्ना कुकुर, विराला, घरपालुवा जनावरको परीक्षण र रेविज खोप लगाउने लहर चलेको छ । रेविज रोग लागेका बौलाह कुकुरको बिगबिगी बढेपछि घरबाहिर निस्कन समस्या परेको स्थानीयको भनाइ छ ।


घरपालुवा १५० पशुलाई खोप दिईयो ः
नगरभित्र रेविज संक्रमित बौलाह कुकुरले मानिसलाई टोकेर घाइते बनाउन थालेपछि छिन्चु क्षेत्रमा पशु, घरपालुवा पशु, छाडा कुकुरलाई रेबिज विरुद्धको भ्याक्सिन लगाउन सुरु भएको छ । आईतबारसम्म १५० पशुपंक्षीहरुलाई रेविज विरुद्धको खोप लगाएको नगर पशुपंक्षी विकास शाखा प्रमुख चपाईले जानकारी दिनुभयो । पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको खोप सहयोगमा भेरीगंगा पशुपंक्षी विकास शाखाले शुक्रबारदेखि वडा वडामा र नगरपालिकामा खोप लगाउन सुरु गरेको हो । ‘रेबिजबाट नागरिकलाई सुरक्षित गराउनका लागि पशुलाई खोप दिन थालिएको चपाईले भन्नुभयो । घरपालुवा र छाडा कुकुरलाई एन्टी रेबिज खोप दिन सूरु गरिएको आईतबारसम्म १५० वटा कुकुर, बिरालो तथा गाईगोरु, भैसीमा खोप लगाएको छ । बौलाहा कुकुर, छाडा पशुचौपाया, घरमा पालेका कुकुरहरुलाई छाडा नछोड्न अहिले पशुपंक्षी शाखाले आग्रह गरिरहेको छ ।


अस्पतालमा मानिसमा लगाउने रेबिज खोप समस्याः
बौलाह कुकुरले टोक्दा घाइते भएकालाई लगाई खोप मेहेलकुना अस्पतालमा अभाव भएको छ । अस्पतालमा इमोग्लोबिन नामको भ्याक्सिन नहुँदा कतिपय बिरामीलाई अव उपचार गर्न बाहिर पठाउनुपर्ने अवस्था आएको हो । ‘जटिल प्रकृतिको घाइते भएकालाई इमोनोग्लोबिन भ्याक्सिन दिनुपर्ने हुन्छ’,‘यो भ्याक्सिन अहिले मेहेलकुना र प्रादेशिक अस्पताल सुर्खेतमा अभाव रहेको छ । इमोग्लोबिनको अभावमा बिरामीलाई नेपालगन्ज जानुपर्ने बाध्यता देखिएको छ । इमाग्लोबिन खोप बजारमा कम पाइने गरेकोले रेविज जनावरले टोकेका मानिसको संख्या बढेमा उपचार समस्या हुने देखिएको छ । यो खोपको मुल्य प्रति डोज १० हजार पर्ने गरेको छ भने जटिल प्रकृतिका बिरामीलाई इमोग्लोबिन खोप दिने गरिन्छ । भेरीगंगा नगरपालिकाले अहिलेसम्म रेविज जनावरमा लगाउने खोप र मानिसलाई लगाईने इमाग्लोबिन खोप विषयमा कुनै चासो दिएको छैन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here