भेरीगंगामा कांग्रेसका वागी उम्मेदवारहरु पार्टीमै फर्किए

0
1395

भेरीगंगा, बैशाख २०- नेपाली कांग्रेस भेरीगंगा नगरपालिकाभित्र विभिन्न पदमा पार्टीका विरुद्ध बागी बनि स्वतन्त्र उम्मेदवार बनेकाहरु धमाधम आफ्नै घरमा फर्कन थालेका छन् ।

कांग्रेस केन्द्रिय समितिले उम्मेदवारी फिर्ता नलिएर वागी बनिरहे साधरण सदस्यता समेत नरहने गरि कारवाही गर्ने र अन्तिम मौका बैशाख २१ गतेसम्म तोकेपछि भेरीगंगामा कांग्रेसका वागीहरु पाार्टीभित्र फर्कन सुरु भएको हो । पछिल्लो २४ घण्टाभित्र कांग्रेसका वागी दुई जना उम्मेदवारले उम्मेवारी फिर्ता लिएका छन् । फिर्ता लिनेमा भेरीगंगा वडा नम्बर ३ का वडाअध्यक्ष पदका उम्मेदवार पदमबहादुर खड्का र वडा नम्बर ४ का वडासदस्य पुर्ण बहादुर खड्का रहनुभएको छ । बैशाख १६ गते यता कांग्रेसका वागी उम्मेदवारहरु उपमेयरका गोमा थापा, वडा नम्बर २ का वडाअध्यक्षका उम्मेदवार नन्दबहादुर बुढाले पनि उम्मेदवारी फिर्ता लिई सक्नुभएको छ ।

पार्टीको वागी बनि स्वतन्त्र उम्मेदवारी दिएकाहरुले उम्मेदवारी फिर्ता लिने क्रम तीव्र बनेको नेपाली कांग्रेस भेरीगंगा नगर कमिटि सभापति तथा मेयरका उम्मेदवार रामबहादुर सिँहले जानकारी दिनुभयो ।

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here