भेरीगंगाको नगरप्रमुख उपप्रमुखमा एमालेको नेतृत्व

0
172

भेरीगंगा, जेठ ५- आज सम्पन्न भेरीगंगा नगरपालिकाको अन्तिम मत परिणाम अनुसार भेरीगंगा नगरको प्रमुख र उपप्रमुखमा नेकपा एमालेको नेतृत्व विजय भएको छ । सम्पन्न मतगणनामा नगरप्रमुखमा नेकपा एमालेका यज्ञप्रसाद ढकालले १०,०२२ मत ल्याई विजयी भएका छन् ।

यस्तै नेपाली कांग्रेसबाट प्रमुखका उम्मेदवार रामबहादुर सिँहले ९,७९७ मत ल्याएर पराजित हुनु भएको छ । एमालेका उम्मेदवार ढकाल २२५ मत अन्तरले विजय भएका हुन् । नगर उपप्रमुखमा नेकपा एमालेका धनसरा बोहरा ९,६२४ मत ल्याएर विजयी भएकी छिन् । नेकपा माओवादी केन्द्रका नन्दबहादुर कार्कीले ८,९१३ मत ल्याएर पराजित भएका छन् । एमालेका बोहरा ७११ मत अन्तरले विजय भएकी हुन् ।

भेरीगंगाका १३ वडामा ८ वडामा नेपाली कांग्रेस, ३ वडामा नेकपा एमाले र २ वटा वडामा माओवादी केन्द्र विजय भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here