भेरीगंगाका १३ वडाका जनप्रतिनिधीको स्वागत र विदाई

0
156

भेरीगंगा, जेठ १०- पुर्बी सुर्खेतको भरीगंगा नगरपालिका वडा नम्बर ९ मा नवनिर्वाचित जनप्रतिनिधीको स्वागत र पुरानाको विदाई गरिएको छ । सोमबार एक कार्यक्रमका बिच नगरका निर्वतमान वडाअध्यक्ष लक्षुमण रानाको पाँच जनप्रतिनिधीको विदाई गरिएको हो । यस्तै नवनिर्वाचित प्रेमबहादुर आग्री नेतृत्व पाँच सदस्यी जनप्रतिनिधीको स्वागत गरिएको छ ।

नम्वर ८ मा सोमबार एक कार्यक्रम विच नबनिर्बाचित पदाधिकारीलाई पद वाहाली ग्रहण र पुर्बपदाधिकारीलाई बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । भेरीगंगा नगरपालिकाको वडा नम्वर ८ को वडा कार्यलयमा सम्पन्न उक्त समारोहको अध्यक्षता भेरीगंगा नगरपालिका वडा नम्वर ८ का नबनिर्बाचित वडाअधयक्ष गर्नु भएको हो । कार्यक्रममा वडा सदस्य विभिन्न राजनितिक दलका प्रतिनिधहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नबनिर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुलाई टिका र दोसल्ला लगाई स्वागत गरिएको थियो । निबर्तमान जनप्रतिनिधिहरुलाई पनि टिका र दोसल्ला लगाई सम्मान गरिएको थियो । विदाइ तथा सम्मान कार्यक्रमा भेरीगंगा नगरपालिका वडा नम्वर ८ का पुर्व वडअध्यक्ष पदम खत्रीले नबनिर्बाचित जनप्रतिनिधिहरुलाई सफल कार्यकालको सुभकामना दिदै जनताको आबश्यकता अनुसार जनताको मन जित्ने गरि काम गर्न सुभकामना समेत दिनु भएको थियो । यस्तै ५ वर्षमा आफुले बिकाश निर्माणका धेरै कामको सुरुवात गरेको भन्दै निर्बाचित भएर आएका जनप्रतिनिधिले ति कामलाई प्राथामिकतामा राखेर अगाडी बढ्नु पर्नेमा जोड दिनु भयो ।

भेरीगंगाका नवनिर्वाचित वडाका जनप्रतितिनिधीले सोमबार आफ्नो पदभार समालेका छन् । पुराना जनप्रतिनिधीको विदाई समेत गरिएको छ । नगरका १३ वडाका वडाअध्यक्ष र सदस्यहरुको सम्मान र स्वागत समेत गरिएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here