भेरीगंगाका बस्ती र खेत जोगाउँन नदिखोला पक्की तटबन्ध

0
155

भेरीगंगा, साउन ६- भेरीगंगा नगरपालिका वडा नम्बर ७ मा तटबन्ध निर्माणका लागि वडा कार्यालय, नगरपालिका र भेरी बबई डाईभर्सन आयोजनाले काठेघारी, झिङ्गनी खोलामा आर्थिक बर्ष २०७६।२०७७ मा ३२ लाखमा तटबन्ध बनिरहेको छ । घट्टेखोला, काठेघारी, झिङ्गनी खोलामा १२ लाख लगानी भएको छ ।

अन्य साना, खहरे खोलामा ढुंगा, जालीका तारवार निर्माण भैईरहेका छन् । भेरीगंगा नगरपालिकाको यहाँमात्र होईन १३ वटै वडामा भेरी बबई डाईभर्सन आयोजना, जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, नगरपालिकाबाट तटबन्धका काम भैईरहेका छन् । खेतीयोग्य जमिन र घरबस्तीलाई खोला नदिको कटानबाट बचाउन पक्की तटबन्ध बनिरहेका हुन् । नगरपालिका अन्तर्गत पर्ने भेरी नदी, बबई नदी, गोचे खोला छिन्चु खोला, मुरली खोला, काठेघारी खोला, झिङ्गनी खोला र नाच्ने खोलामा सबैभन्दा धेरै तटबन्ध बनेका छन् । बर्षनी १० करोड बढी लगानी यी खोलामा पक्की तटबन्धमा खर्च भैईरहेको छ । जल उत्पन्न प्रकोप नियन्त्रण, नदि विशेष नियन्त्रण तथा व्यवस्थापन कार्यक्रम र तटबन्ध कार्यक्रम संचालन गरि नगरपालिका र अन्य सरोकार निकायबाट भेरीगंगामा तटबन्ध बन्ने काम भैईरहेको भेरीगंगा ८ का वडाअध्यक्ष पदमबहादुर खत्री बताउनुहुन्छ । भेरीगंगा नगरपालिकाका प्रमुख भूपेन्द्रबहादुर चन्दले तटबन्धमा अन्य कार्यालयसंग साझेदारीमा तटबन्ध बनिरहेको बताउनुभयो । कतिपय तटबन्धका योजनाबारे थाहा नहुँदा बजेट कार्यान्वयनमा पनि समस्या देखिने उहाँको भनाइ छ । ‘साझेदारीमा गर्ने योजना केही जानकारीमा आएका छन्,’ उहाँले भन्नुभयो, ‘अरु योजना कार्यान्वयनका विषयमा हामीसँग कुनै समन्वय छैन ।’ भेरीगंगामा सिँचाइ तथा तटबन्धका ४० वटा योजना अहिले निमाणकै प्रक्रियामा छन् । खोलाहरुमा पक्की तटबन्ध बनेपछि बर्षामा नदि र खोलाहरुको कटान नियन्त्रण भएको छ ।

अहिलेसम्म नगरका ५० बढी स्थानमा तटबन्ध बनिसकेका छन् । झिग्नी खोला, फाँट झिग्नी , लेक झिग्नी, दह खेत, घारीवन, ठूलोखाली, सानो नाच्ने, ठ कैनपानी, सामाखोरिया, नमुना टोल, नवसिर्जनशील टोल, नवविहानी टोल, देविस्थल खेत, त्रिवेणी टोल, नवशिर्जन खेत, नवज्योति खेत, नमुना टोल खेत, सिस्नेकोटी, भट्टेकोटी, लाखटी भालुखोल, कालीपारे टोलमा तटबन्ध बनेको छ । यस्तै नब बिहानी टोल, भिमपुर , सादीखोला, मसिना पटार साना हर्रे, ठूलो हर्रे, सालघारी, मसिना, बबई हात्तिखाल, गेरवानी, लामीताडा तथा जलेतरा,भर्लेनी तालबाराही, सिरेनीमा तटबन्ध निर्माण भएका छन् । तोलीखोला,कालिदमार,बिउरेनी, हाइवे टोल, लेखहात्तिखाल, खजुरा, भर्लेनी, तालबाराही, लामीताडा, बिउरेनी र तोलीखोलामा तटबन्ध बनेका छन् ।

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here