भेरीगंगाका कृषकलाई हाते पंखा वितरण

0
173

दिपक बराल, चैत १- भेरीगंगा नगरपालिकाले नगरका विकट वडाका कृषकहरुलाई गहु भित्र्याउन सहयोग पुग्ने गरि हाते कृषि पंखा वितरण गरिएको छ । नगरको वडा नम्बर १,२ र ३ वडाका कृषकलाई सोमबार हाते पंखा वितरण भएको हो ।


नगरपालिकाको आर्थिक सहयोगमा साबिक लेकपराजुलका कृषकहरुलाई नगरप्रमुख भुपेन्द्र बहादुर चन्दले सामग्री हस्तान्तरण गर्नुभएको हो । सामग्री हस्तान्तरण गर्दै मेयर चन्दले प्रगति र सफलताको कामना गर्नुभएको हो । २ लाख ८० हजारमा उक्त पंखा खरिद कृषकलाई अनुदानमा बितरण गरिएको हो । वितरित पंखाले गहुँ र धान बाली भित्याउनको लागि आधुनिक प्रयोगमा सघाउ पुग्ने नगरप्रमुख चन्दले बताउनुभयो । गहु बाली भित्याउने सिजनमा नगर पालिकाले पुर्ण अनुदानमा बितरन भएको हो ।

कृषकहरुलाई धान, गहु भित्र्याउँदा गोरु प्रयोग गर्न नपर्ने भन्दै पंखा पाएका कृषकहरुले खुशी व्यक्त गरेका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here