भालुको आक्रमणबाट कालिमाटीमा महिला घाईते

0
281
2DCR378 Asiatic black bear (Ursus thibetanus) in autumn forest. Wildlife scene from nature

दिलिप ढकाल, कालीमाटी असार ११ – सल्यान जिल्लाको कालिमाटी गाउपालिका वडा नम्बर ५ हात्तिदमार बस्ने एक महिला भालुको आक्रमण बाट गम्भीर घाईते भएकी छन् ।

2DCR378 Asiatic black bear (Ursus thibetanus) in autumn forest. Wildlife scene from nature

कालीमाटी वडा नं. ५, हात्तिदमार बस्ने ६० बर्षकी चन्द्रकला बुढा भालुको आक्रमणमा परि घाईते भएकी हुन् । स्थानिय सामुदायिक वनमा बाख्रा चराउन गएकोबेला दिउसो करिब ४ः०० बजेको समयमा भालुले आक्रमण गर्दा बुढा घाईते भएकी कालिमाटी गाउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष टोपबहादुर कार्कीले जानकारी दिए ।

भालुले बुढाको दाहिने खुट्टा टोकेर पुरै ड्यामेज छ । घाईते बुढालाई स्थानीय दमदवाली स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारको लागी नेपालगंज रिफर गरिएकोमा अवस्था निकै गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here