भरि नदिबाट निकालिएका शवहरुमा कुटिएका चोटैचोट

0
509

जाजरकोट, जेठ १५- अन्तरजातीय सम्बन्धका कारण गैरदलितबाट कुटपिट गरि भेरी नदिमा फालेर मारिएका जाजरकोटका ५ जना युवाको शवमा कुटिएको चोटहरु भेटिएको छ । जिल्ला अस्पताल जाजरकोटको शव गृहमा रहेका शवहरुमा टाउँको र निधारमा चोट बढी देखिएको हो ।


शवहरु भेरि नदिबाट तान्दा र पोष्टमार्टम घरसम्म ल्याउन सहभागी उद्धारकर्ता र स्थानीय बासीका अनुसार शवहरुको टाउँको र निधारमा कुटपिट भएका चोटहरु भेटिएका हुन् । ढुङ्गा र घरेलु हतियार हसिया, लाठीले प्रहार गरेका चोटहरु रहेको देखिएको हो । गएको जेठ १३ र १४ गते दुई दिन जाजरकोट, रुकुम अनुगमनमा रहेको अधिकारकर्मी र पत्रकारको टोलीले हेरेको शवहरुमा कुटपिट गरेका खोटहरु भेटिएको दलित गैरसरकारी संस्था महासंघ प्रदेश नम्बर ५ संयोजक डिलबहादुर परियारले जानकारी दिनुभयो । शवहरुमा घरेलु हतियार र ढुङ्गाले प्रहार गरेका चोटहरु रहेको उहाँले भन्नुभयो । घटनास्थल र पोष्टमार्टम गृहमा रहेका शवहरु हेर्दा शवहरुको टाउँको, निधारमा चोटहरु भेटिएका हुन् । अहिलेसम्म शव फेला परेका सन्जु विक, नवराज विक, टिकाराम विक, लोकेन्द्र सुनार र गणेश बुढामगरको शवमा चोटपटक देखिएको छ ।
घटनास्थलमा केटी पक्षका आफन्तहरुले कुटपिट गरि उनीहरुलाई भेरी नदिमा फालेर हत्या गरिएको पुष्टि गर्ने गरेको सरोकारवालाको भनाई छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here