बोटेचौरका युवराज ओलीको दुर्घटनामा मृत्यु

0
303

सुर्खेत, भदौ २१- गुर्भाकोट ९ बोटेचौरमा लामो समयदेखि होटेल ब्यबसायी गर्दै आएका र अहिले सल्लीबजारमा होटेल संचालन गर्दै आएका एक व्यक्तिको नेपालगन्जमा सडक दुर्घटनामा मृत्यु भएको छ । सल्यान सल्लीबजारमा रचना होटेलका संचालक रतन ओलिका कान्छो छोरा युबराज ओलीको दुर्घटनापछि उपचारका क्रममा सोमबार मृत्यु भएको हो ।

नेपालगन्जमा छाडा चौपायामा मोटरसाइकल ठोक्किदा गम्भीर घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु भएको छ । नेपालगन्ज कारकाँदो चोक नजिकै गत भदौ १३ गते छाडा चौपायामा मोटरसाइकल ठोक्किदा गम्भीर घाइते भएका उनको भारतमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो । मृत्यु हुनेमा युवराज ओली नेपालगन्जमा अध्ययनरत रहेका थिए । सडकमा छाडा छोडिएका पशुमा उनले चलाएको मोटरसाइकल ठोक्किदा उनी गम्भीर घाइते भएका थिए ।

नेपालगन्जमा उपचार सम्भव नभएपछि थप उपचारका लागि ओलीलाई भारतको लखनउ लगिएको थियो । उनको लखनउमा नै उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको हो ।

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here