बिरेन्द्रनगरमा प्रमुख उपप्रमुख एमाले विजयी

0
171

सुर्खेत, जेठ ५- कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै बहुमत वडासहित मेयर र उपमेयरमा पनि एमाले विजयी भएको हो । मेयरमा निर्वाचित मोहनमाया ढकालले १६ हजार ३८ मत पाइन् भने नेपाली कांग्रेसका उपेन्द्र खड्काले १५ हजार ४ सय ८४ मत पाए । राप्रपाका मुकुन्दश्याम गिरीले ९ हजार ९८८ मत ल्याए ।

उपप्रमुखमा एमालेका निलकण्ड खनाल २० हजार ३ सय ६४ मत ल्याएर विजयी भए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here