बडाखोलीमा दलित मानव अधिकार बिषयमा अन्तरक्रिया सम्पन्न

0
143

दिलिप ढकाल, असोज ८ -समता फाउन्डेसन नेपालको आयोजनामा र दलित मानव अधिकार रक्षक नबिन परियारको नेतृत्वमा जिल्लाको गुर्भाकोट नगरपालिका वडा नम्बर ६ बडाखोलीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समुदायमा दलित मानव अधिकारको अवस्था र समाधानका उपायहरु भन्ने बिषयमा छलफल भएको दलित मानव अधिकार रक्षक नबिन परियारले जानकारी दिनु भयो ।

दलित महिला वडा सदस्य गिता बिकको अध्यक्षतामा सम्पन्न भएको सचेतनामुलक कार्यक्रममा उक्त कार्यक्रम मा ४० भन्दा बढिको उपस्थिति रहेको थियो । छलफल कार्यक्रममा जातिय तथा अन्य सामाजिक भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ को बारेमा समेत सामान्य जानकारी प्रदान गरिएको थियो । दलित मानव अधिकार रक्षक नवीन परियारले दलितको पहिचान ( दलित जात तथा यसभित्रका थरहरु) हाम्रो पहिचान हो भन्ने भाव पैदा गराउन र जात तथा थर ढाटेर बस्न नहुने र दलित सब्द साझा आन्दोलन हो भन्ने कुरामा उपस्थित सबैलाई आफुले उत्प्रेरित तथा जागृत गराएको बताउनु भएको छ । समता फाउन्डेसनले बिगत १३ बर्षदेखि दलित समुदायको हकहितका लागि काम गर्दै आएको र बिशेष गरि अहिले कर्णालीका दशै जिल्लामा ४० जना (प्रत्येक जिल्लामा ४ जना) मानव अधिकार रक्षकहरु राखेर जाति छुवाछूत बिरुद्ध र दलित मानव अधिकारको रक्षाको लागि काम गरिरहेको छ । उक्त कार्यक्रममा स्थानिय दलित अगुवा नेता तथा गुर्भाकोट नगरपालिका वडा नम्बर ८ दिप टोलका अध्यक्ष प्रेम परियार र वडा नम्बर ६ का दलित महिला वडा सदस्य गिता बिकले कार्यक्रमको अन्तमा आफ्नो बिचार राख्नुभएको थियो ।

अन्तिममा आफ्नो भनाई राख्दै दलित महिला वडासदस्य गिता बिकले अझै यस्ता कार्यक्रम आगामि दिनहरुमा आफ्नो समुदायमा ल्याईदिन अनुरोध गर्दै यस्तो महत्त्वपूर्ण कार्यक्रम आफ्नो समुदायमा सञ्चालन गरिदिएकोमा दलित मानव अधिक रक्षक र समता फाउन्डेसनलाई धन्यवाद समेत ज्ञापन गर्नु भएको थियो । कार्यक्रम बडाखोली स्वास्थ्य चौकी नजिकै संचालन भएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here