अछाम, साउन १-अछामको पन्चदेवल बिनायक नगरपालिका वडा न :- ३ स्थित कन्चन मिडिया हाउसकै कार्यकक्षामा समाचार सम्प्रेषण गर्ने समयमा कन्चन आवाज डटकम का प्रधान सम्पादक सुनिल अधिकारी माथी आक्रमण भएको छ
।आज बेलुकी ५ बजेर २७ मिनेटको समयमा उहाँ लाई उक्त वडाका अन्दाजी २६ बर्ष का तिलक अधिकारी भन्ने ब्याक्ती ले मदिरा सेवन गरि मानहानी हुने खालका अपशब्द ,पत्रकारिता क्षेत्रमा असर पर्ने खालका अनावश्यक टिप्पणी गरि ढोकामा बियर को बोतल छोडेर आक्रमण गर्न लागेको समयमा घरभित्रै प्रबेश गरि उहालाइ आक्रमण गर्नको लागि करिब ४० मिटर पर लगेर पिट्ने समयमा गाउका मानिस आएर छुट्याएको जनाइएको छ।पत्रकार अधिकारी को यतिखेर मल्टिमिडिया प्रणालीमा प्रयोग हुने अप्पो मोबाइल ,उहाको घाँटी चिथोरिनुका साथै अन्य शारीरिक र मानसिक पीडा रहेको छ।
लामो समय देखि पत्रकारिता क्षेत्र मा संलग्न पत्रकार अधिकारी माथी भएको यस्तो अ्मानबिय क्रियाकलाप प्रती हाम्रो अनलाइन पत्रीका खेद प्रकट गर्दै उक्त पिडक ब्याक्ती लाई हदै सम्मको कार्बाहिको लागि सुरक्षा निकाय सङ्ग जोडदार सहयोग को लागि अपिल समेत गर्दछौ।
उहाँ पुर्ब रेडियो पन्चदेवल एफ एम अछाम का कार्यक्रम सन्चालक,रेडियो परिबर्तन अछामका प्राबिधिक ,रेडियो हिमाल एफ एम नेपालगन्ज बाकेका समाचार प्रमुख को जिम्मेवारी बहन गर्दै हाल आएर ग्लोबल समाचार पत्रीका बाकेका अछाम सम्बादाता ,बान्निगढी टुडेका रिपोर्टर र कन्चन आवाज डटकमका प्रधान सम्पादक को जिम्मेवारी बहन गर्दै आइरहनु भएको छ।