भेरीगंगा, मंसिर १०- नेकपा माओवादी केन्द्र भेरीगंगा नगर कमिटिको दोस्रो नगर सम्मेलन आजबाट सूरु भएको छ । आज एक कार्यक्रमका बिच छिन्चुमा कार्यक्रमका प्रमुख अथिती तथा माओवादी स्थायी कमिटी सदस्य कर्णाली प्रदेश कमिटी इन्चार्ज शक्तिबहादुर बस्नेतले सम्मेनलको उद्घाटन गर्नुभयो ।

सम्मेलनको उद्घाटन गर्दै ईन्चार्ज बस्नेतले कर्णाली प्रदेशमा माओवादी शक्ति केन्द्रिकित भएको बताउँदै जनलहर माओवादीतर्फ आकर्षित भएको बताउनुभयो । उहाँले नेकपा माओवादी एकपटक फेरि जनताको मन जितेर देशको नेतृत्व गर्ने अविभारा आएको भन्दै सवै कार्यकर्तालाई जनताको घरदैलो केन्द्रित राजनिति गर्न सुझाव दिनुभयो । उद्घाटन शत्रमा बोल्ने अतिथिहरुले अव आउने तीनै तह निर्वाचन केन्द्रित र जनताका सवालमा काम गर्न सहभागी कार्यकर्तालाई आग्रह गरेका थिए

नगर सम्मेलनले नेकपा माओवादी केन्द्र नगर कार्यसमिति चयन गर्ने बताएको छ । अहिले नगर सम्मेलनको बन्दशत्र सुरु भएको र सर्वसम्मत नगर कमिटि छनोटको तयारी भैईरहेको छ । सम्मेलनमा प्रदेश कमिटी सदस्य तथा जिल्ला सयोजक कृष्ण जिसि, प्रदेश सदस्य पुर्ब मन्त्री मननिय सीता नेपाली लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here