भेरीगंगा, असार २६- पुर्वी सुर्खेतको भेरीगँगानगरपालिका वडा नं 8 स्थित श्री नेरा. माबि. मैनतडामा सुरक्षा गार्डमा कार्यरत तुलबिर गाईनलाई दलित भएकै कारण विद्यालय प्रवेश निषेध गरिएको छ। विगत ७ बर्षदेखि विद्यालयमा कार्यरत बैगारलाई तिमि गन्धर्वको छोरा हिजोआज अलि बाठा भयौ, हामीलाई टेर्दैनौ, अवदेखि विद्यालय आउन पाईदैन भन्दै प्रवेश बन्द गरिएको पिडित गाईनले बताए ।
यसअघि विद्यालयको ताल्चाको चाबीहरु आफुसग हुने भएपनि विद्यालय प्रअ भिमलाल ढकालले सबै ताल्चा फोडेर नया ताल्चा लगाउनुभयो, उनले भने, अवदेखि गन्धर्वको छोरालाई भिमलाल ढकाल प्रअ भएदेखि विद्यालयमा आफुमाथि जातिय विभेद हुँदै आएको पिडित बैगारले गुनासो गरे । विद्यालय प्रवेश रोकिएको भन्दै प्रअले नआउन सुचना दिए उनले भने। विस २००७१ साल मा बिधालयको सुरक्षा गार्ड कर्माचारीको रुपमा काम गर्दै आएका तुलविर बगार २००७७/३/२५ गतेबाट प्रवेश निषेध गरिएको हो । मलाई खबर नगरी शिक्षक कर्माचारीले ताला तोडफाेड गरी बिधालयमा देखेपछि बिधालय पुग्दा त्यहाको बातावरण नाजुक देखिरहेको अवस्था र स्कुल बन्द गर्दा नयाँ चाबि माग्दा तपाई चाबि पाउनु हुन्न प्रअ भिमलाल ढकालले भने उनले भने ।
तपाई गाईनको छोरा अब जागिर धरापमा छ, भोलि देखि नआउनु चाबि तपाई पाउनु हुन्न प्रअको भनाई उनले बताए ।