दलित जनप्रतिनिधीका लागि क्षमता विकास तालिम सूरु

0
390

भेरीगंगा, सुर्खेत -भेरीगंगा नगरपालिका कार्यालय सुर्खेतका दलित जनप्रतिनिधीका लागि तीन दिने क्षमता विकास तालिम शनिबारबाट छिन्चुमा सूरु भएको छ । राजनैतिक, सामाजिक र जनताका मुद्धामा नेतृत्वदायी भुमिका निर्वाह गराउने र बोल्ने कलाको क्षमता विकास गराउने उद्धेश्यले तालिम सूरु भएको हो ।

शनिबार एक कार्यक्रमका बिच नगर प्रमुख भुपेन्द्रबहादुर चन्दले तालिमको उद्घाटन गर्नुभयो । तालिमको उद्घाटन गर्दै मेयर चन्दले भेरीगंगामा दलित जनप्रतिनिधीका क्षमता विकास र नेतृत्वदायी भूमिका रुपमा नगरमा हरेक विकास क्षेत्र, कार्यक्रम, समिति, बजेटमा सम्बोधन अर्थपूर्ण रुपमा गरिदै आएको बताउनुभयो । तीन दिनसम्म सिकेको क्षमता विकास तालिमबाट दलित जनप्रतिनिधीले आफ्नो वडा र नगरमा सेवाग्राही, नगरबासीसंग विकास, विवाद र जनताका अपेक्षामा कुशल नेतृत्वका रुपमा विकास गराउने अपेक्षा राख्नुभयो । नगर उपप्रमुख रेणु आचार्यले नेतृत्व विकास तालिम व्यक्तिगत विकासका लागि अर्थपूर्ण रहने भन्दै तालिमबाट सिकेका कुरा व्यवहारिक रुपमा लागू गर्न सके समाज र नगर क्षेत्रमा जनताको पक्षमा वकालत गर्न सहज हुने बताउनुयो । तालिम उद्घाटन शत्रमा वडा नम्बर ३ का वडाअध्यक्ष जितबहादुर सुनारले क्षमता विकास र भाषणकला तालिम नगरका जनप्रतिनिधी र कर्मचारीका लागि जरुरी रहेको भन्नुभयो । तालिमका प्रशिक्षक तथा बरिष्ट संचारकर्मी कमल विके निर्मोहीले तालिमबाट सिकेका कुरा व्यवहारमा उर्तान सके एक कुशल र सक्षम जनप्रतिनिधीको रुपमा आफूलाई निर्खान सकिने बताउनुभयो । समाजसेजी तथा संचार उद्यमी प्रेमप्रकाश खड्काले क्षमता विकास तालिमका सीपहरु विशेष ध्यान दिएर र अर्थपूर्ण रुपमा हासिल गर्नुपर्ने बताउनुभयो । तालिम उद्घाटनमा सहभागीले दलित समुदायका जनप्रतिनिधी र शिक्षित व्यक्तिहरु समय अनुसार परिवर्तन हुँदै समाजका सबै क्षेत्रमा नेतृत्व भूमिकामा आउनुपर्ने धारणा राखे ।

तालिममा नगरका १३ वडाका २८ जना दलित जनप्रतिनिधीको सहभागीता रहेको छ । तालिम अवधिभर वरिष्ट संचारकर्मी कमल विके निर्मोही, समाजिक अभियान्ता डा. मित्र परियार, समाजसेवी प्रेमप्रकाश खड्का र प्राचार्य भानु अधिकारीले दलित जनप्रतिनिधीलाई प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको छ । भेरीगंगा नगरपालिकाको आर्थिक सहयोगमा छिनछिन मिडियाले तालिम आयोजना गरेको हो ।

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here