ट्याक्टर दुर्घटनामा लेकबेशीमा एकको मृत्यु

0
435

दिपेश लम्साल, लेशबेशी असार ७- लेकबेशी नगरपालिका–४ स्थित सहिद चोकमा गएराती ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो सोमबार साझ साढे सात बजेको समयमा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

दशरथपुरदेखि गंगटे सरिया लगेर जाँदै गरको भे २ प ६६ नम्बरको ट्याक्टरको इन्जिन फेल भएर सकडमै पल्टिएको हो । उक्त ट्याक्टर दुर्घटनामा परि लेकबेशी–४ का २९ वर्षीया यमबहादुर परियार गम्भीर घाइते भएका र उनको उपचारको क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको प्रहरीको भनाई रहेको छ । यस्तै, ट्याक्टरमा सवार दिपक बराली पनि घाइते भएका र उनको उपचार भईरहेको छ । लेकवेशी नगरपालिका वडा न. ४ सहिद चोकदेखि करिव ५० मिटर उत्तरतर्फ नेटा सडक खण्डमा ट्याक्टर दुर्घटना भएको हो ।

उता सल्यानमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि सवार छत्रेश्वरी गाउँपालिका २ दहखोलाका ६० वर्षीय टुल्क बहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आइतबार दिउँसो छत्रेश्वरी गाउँपालिका २ लाखुरीबोटमा रा २ प ४५९२ नम्बरको मोटरसाइकलबाट लडेर गम्भीर घाइते खत्रीको आज दिउँसो मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here