गुर्भाकोट नगरपालिका देशका ६९९ स्थानीय तहमा उत्कृष्ट तीनमा

0
526

गुर्भाकोट, चैत २३- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय तह संस्थागत क्षमता मुल्यांकनमा सुर्खेतको गुर्भाकोट नगरपालिका तेस्रो नम्बरमा परेका छ । देशभरका ६९९ स्थानीय तह मध्ये गुर्भाकोट नगरपालिका उत्कृष्ट ३ मा पर्न सफल भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) प्रणालीमा प्रविष्ट भएका ६ सय ९९ तहमध्ये गुर्भाकोट उत्कृष्ट तीनमा परेको गुर्भाकोट नगरपालिका मेयर हस्त पुनले बताउनुभयो । मन्त्रालयले सार्वजनिक गरेको २०७७÷२०७८ को स्वमूल्यांकन रिपोर्टअनुसार धादिङको नीकलण्ठ नगरपालिका उत्कृष्ट भएको छ । यो नगरपालिकाले ९७ अंक पाएको छ । उत्कृष्ट दोस्रो वालिङ नगरपालिका, स्याङ्जा ९५ अंक र उत्कृष्ट तेस्रो हुन सफल गुर्भाकोट नगरपालिका, सुर्खेतको ९३.२५ अंक रहेको छ ।

स्थानीय तहले कसरी काम गरिरहेका छन् भनेर त्यसको मूल्यांकन स्वयंबाट गराउने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि, २०७७’ जारी गरेको थियो । कार्यविधिले स्वमूल्यांकनका विभिन्न १० वटा विषयक्षेत्र र तीन सूचक निर्धारण गरेको छ । ती विषयक्षेत्र र सूचकहरूमा स्थानीय तह स्वयंले आफ्नो स्थिति मूल्यांकन गर्छन् ।

स्वमूल्यांकनका लागि कार्यविधिले विभिन्न १० वटा विषयक्षेत्र निर्धारण गरेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here