गुर्भाकोट नगरपालिकामा पहिलोपटक दमकल आयो

0
156

दिलिप ढकाल गुर्भाकोट चैत्र १५- पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकाले दम्कल खरिद गरेको छ । नगरकार्यपालिकाले खरिद गरेको नया दमकल सोमबार गुर्भाकोट आईपुगेको हो । दमकल नगरपालिकामा आएसंगै नगरक्षेत्रमा आगलागी र विपदका घटना न्युनीकरणमा राहात पुग्ने आशा गरिएको छ ।

चालू आर्थिक बर्षको पहिलो कार्यपालिकाको बैठकले दमकल खरिदको लागि भन्दै रकम बिनियोजन गरेको थियो । नगरपालिकाको कार्यपालिका बैठकले दमकल खरिदको लागि ६० लागि विनियोजन गरेकोमा उक्त रकमबाट दमकल खरिद गएको गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले बताउनुभयो । ६० लाख रकमबाट दमकल आएको र छिटै प्रयोगमान आउने मेयर पुनले जानकारी दिनुभयो । गर्मी मौसम सुरु भएकले आगलागिका घटनाहरु धेरै हुने हुनाले नगरभित्र त्यस्ता बिपत्ती आइलागेको खण्ड मा यसले गुर्भाकोट नगर निवाशी लाई ठूलो राहात दिने बताएको छ । बिपदको बेला नगरबासिलाइ सेवा प्रभाह गर्न गुर्भाकोट नगर कार्यपालिकाले दमकल व्यवस्थापन गरेको उपमेयर मैना विकले बताउनुभयो । सोमबार नगरपालिकामा एक कार्यक्रमका आयोजना गरि दमकलको पुजापाठ गरिएको छ ।

नगरपालिकाले स्थानिय स्तरमा भएका जनशक्ति परिचालन गरि दमकल सचालन गर्ने भएको छ । गुर्भाकोट नगरपालिकाको बढ्दो सहरीकरणलाई ध्यानमा राखेर दमकल खरिद गरिएको हो । गुर्भाकोटमा मात्र नभए पुर्वी सुर्खेतमा हुने आगलागीका घटनामा दमकल प्रयोग हुने छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here