गुर्भाकोट नँया प्रमुखमा देवकिरण बुढा

0
202

दिलिप ढकाल गुर्भाकोट बैशाख ८ -गुर्भाकोट नगरपालिकाको नँया कार्यकारी प्रमुख प्रशासकिय अधिकृतमा देवकिरण बुढा नियुक्ति हुनु भएको छ । निर्वतमान प्रमुख प्रशासकिय अधिकृत टेकबहादुर खत्रीको अवकाससंगै बुढा नँया प्रमुखका रुपमा नियुक्त हुनु भएको हो । गुर्भाकोट नगरकार्यपालिकाले बुढालाई लेखा प्रमुखबाट प्रमुख प्रशासकिय अधिकृतमा नियुक्त गरेको हो ।

गुर्भाकोट नगरपालिकामा लेखा अधिकृतको रुपमा लामो समय काम गरिरहेका देबिकिरण बुढा निबर्तमान प्रमुख प्रसासकिय अधिकृत टेक बहादुर खत्रीको उमेर हदका कारण अनिबार्य अबकास भएपछि अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय अनुसार आर्थिक तथा प्रशासनीक कामकाज गर्ने गरी गुर्भाकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सहित पद बहाली भएका छन् । निजामित क्षेत्रमा ३३ बर्ष भन्दा बढी विताइ सकेका देवकिरण सँग धेरै अनुभवहरु छन् । धेरै तितामिठा अनुभवहरु छन् । २०७५ सालमा जिल्ला स्वास्थ कार्यालय कालिकोटमा लेखा अधिकृतको रूपमा वुवा देवकिरण बुढा ( लेखाप्रमुख ) र कान्छी छोरी डा. पुजा बिसि. कार्यालय प्रमुख भै एकै कार्यालयमा रहेर सेवा गर्ने अवसर मिलेको उहाँ बताउनुहुन्छ ।

बुवा रामबहादुर बुढा र आमा जुनादेवी बुढाका पहिलो सन्तानको रुपमा कर्णाली प्रदेश दैलेख जिल्लाको महाबू गाउपालिका वडा नम्बर ३ मा २०२४ साल बैशाख २७ गते जन्मिएका थिए देवकिरण बुढा । कृषक परिवारमा जन्मिएका देबिकिरणको बाल्यकाल गाउँमै घाँसदाउरा र मेलापात गरेर बित्यो । पहिलो सन्तान भएका कारण उनी घरपरिवारमा पनि सबैका प्यारा थिए । सानैदेखि सरकारी जागिरमा जोडिनुपर्छ भन्ने सोच राख्ने उनी २०४५ साल बैशाख ३ गते निजामति क्षेत्रमा प्रवेश गरे । लोक सेवामा नाम निस्किए संगै २०४५ सालमा मालपोत कार्यालय सुर्खेतबाट उनको जागिरे यात्रा सुरु भएको थियो । २०५२ सालमा पुन लोक सेवा लडेर लेखापालामा नाम निकालेका देबी किरण बुढा जिल्ला बिकास समितिको कार्यालय रुकुम पश्चिममा नियुक्ति लियर रुकुमका जनताको सेवा गर्ने मौका पाएका थिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here