गुर्भाकोट कांग्रेसको घोषणापत्रः कृषि र रोजगारी प्राथामिकता

0
177

गुर्भाकोट, बैशाख २४- स्थानीय तह निर्वाचन बैशाख ३० गते लक्षित गर्दै गुर्भाकोट कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । नगरका १४ वडा र मेयर, उपमेयरका उम्मेदवार लक्षित जारी घोषणापत्रमा कृषि र रोजगारलाई पहिलो प्राथामिकतामा राखिएको छ । घोषणा पत्रमा तरकारी तथा फलफूलको संकलन केन्द्र स्थापना गर्ने, वडा एक कृषि प्राविधिक कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

वैदेशिक रोजगारबाट फर्केका युवाहरुको लागि शुलभ ब्याजदरमा कृषि कर्जा प्रवाह गर्ने, नगर क्षेत्रमा उत्पादनभएका वस्तुहरुको प्रर्दशन तथा प्रर्वद्धनका लागि कृषि मेला तथा हाट बजारको व्यवस्था, खाद्य सुरक्षाको लागि उन्नत पोषण र दीगो कृषिमा जोड दिइने उल्लेख छ । यस्तै नगरपालिकालाई प्रदेशकै अर्गानिक हव बनाउने, जडिबुटी तथा तरकारी र फलफूलको पकेट क्षेत्र बनाई कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धतापत्रमा उल्लेख गरिएको मेयरका उम्मेदवार हस्त पुनले बताउनुभयो । यस्तै, नगर क्षेत्रका द्धन्द्धपीडित र अनाथ बालवालिकाका लागि कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था गरिनुका साथै हरेक वडामा एक, एक वटा अगुवा विद्यालयको कार्यक्रम अघि बढाउने कार्यक्रम रहेको पुनले जानकारी दिनुभयो । घोषणा पत्रमा नगरभित्रका पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनको लागि आवश्यक सडक तथा पूर्वाधारजस्ता सुविधा सम्पन्न गराउने, नगरमा अत्याधुनिक खेलमैदानको व्यवस्था गरिनुका साथै नगरभित्र साना, ठूला तथा मझौला खालका सिचाई आयोजनाहरु सञ्चालन गरिने बताइएको छ ।

गुणस्तरीय शिक्षा स्वास्थ्यदेखि सिमान्तकृत समुदायको जिवनस्तर माथि उठ्ने खालका विभिन्न कार्यक्रमहरु अघि सारेको छ । दीर्घरोगीलाई निःशुल्क उपचारदेखि एकल पुरुषलाई रोजगार तथा सीपमुलक कार्यक्रम, असक्त, सुत्केरी र दीर्घरोगीलाई प्रभावकारी सेवा प्रदान, सहज रुपमा जेष्ठ नागरिकलाई भत्ता उपलब्ध गराउने, निम्न वर्गका विद्यार्थीहरुलाई प्राविधिक शिक्षा अध्ययनको लागि छात्रवृत्तिको व्यवस्था गरिने, सबै सामुदायिक विद्यालयमा इन्टरनेट सुविधाको पहुँच पु¥याउने, नगरमा सार्वजनिक पुस्तकालय निर्माण गरि सञ्चालन गर्ने, आगामी पाँच वर्षभित्र नगरका सामुदायिक विद्यालयलाई अध्ययनका लागि विद्यार्थीको मुख्य आर्कषणको केन्द्रका रुपमा विकास गरिने घोषणा पत्रमा भनिएको छ । दीर्घ रोग तथा मानसिक समस्याबाट ग्रसित व्यक्तिलाई उपचार र स्याहार खर्च उपलब्ध गराइने उल्लेख छ । ‘स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी रुपमा लागु गर्नुका साथै विपन्न नागरिकको निःशुल्क विमा गरिदिने, पालिका स्तरमा आयुर्वेद, युनानी तथा होमियोप्याथि, एक्युपञ्चरजस्ता वैकल्पिक चिकित्सा केन्द्रहरुको स्थापना, विपन्न विरामीहरुको उपचारको लागि कोष स्थापना गरि निःशुल्क उपचारको व्यवस्था गरिनेजस्ता योजनाहरु अघि सारिएको छ ।

पालिकाका सबै वडा केन्द्रलाई छुनेगरि सडक निर्माण, नगरभित्र गोचेखोला, कुर्मीखोलालगायतका स्थानहरुमा पक्की पुल निर्माण गर्ने, नगर क्षेत्रभित्र बस्ने घरविहीन व्यक्तिको पहिचान गरि घर निर्माण, सुविधासम्पन्न कर्वडहलको निर्माण, सुकुम्बासीलाई पुर्जा उपलब्ध, मुख्य बजार क्षेत्रमा सिसि क्यामरा जडान गरिने, नगर क्षेत्रमा शन्ति सुरक्षाको लागि इलाका प्रहरी कार्यालयको साथै प्रहरी चौकीको विस्तार गरिने योजना घोषणापत्रमा उल्लेख गरिएका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here