गुर्भाकोटस्तरीय एक वडा एक पत्रकार उत्पादन तालिम सम्पन्न

0
642

गुर्भाकोट, फागुन ११-बिहिबारदेखि जारी गुर्भाकोट नगरपालिकास्तरीय एक वडा एक पत्रकार तालिम सोमबार सम्पन्न भएको छ । तालिमका सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण र प्रशिक्षक, साहित्यकार तथा सहयोगी निकायलाई सम्मान पत्र वितरणसहित तालिमको एक कार्यक्रमका बिच समापन गरिएको छ ।


गुर्भाकोट नगरपालिकाका उपप्रमुख मैना विकको प्रमुख आतिथ्य र बिजिी एफएमका व्यवस्थाक तुलविर बैगारको सभापतित्वमा पाँच दिने तालिम समापन भएको हो । तालिम समापन गर्दै प्रमुख अतिथि मैना विकले स्थानीय सरकारको विकासको एक खम्बा र जनताको आवाजका रुपमा संचारकर्मी र पत्रकार हुने बताउँदै ढिलै भएपनि गुर्भाकोटमा एक वडा एक पत्रकार उत्पादन भएको बताउनुभयो । तालिमबाट उत्पादित जनशक्तिले नगरपालिका र वडासंग समन्वय र सहकार्य गरि भएका राम्रा र नराम्रा गतिविधी बाहिर ल्याउन आग्रह गर्नुभयो । उहाँले पत्रकारका लागि नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । तालिममा कर्णाली बांगमय प्रतिष्ठान अध्यक्ष सीता यरी, गायक प्रकाश शाही, बरिष्ट पत्रकार जेवि सुनारलाई आयोजक रेडियो बिजी एफएमले सम्मान गरेको थियो । यस्तै तालिम आयोजनाबाट सहयोग गर्ने गुर्भाकोट नगरपालिकालाई पनि प्रशंसा पत्र वितरण गरिएको थियो । प्रमुख अतिथि तथा अतिथिहरुले तालिममा पाँच दिनसम्म सहभागी भई तालिम लिने १४ वडाका २६ जनालाई प्रमाण पत्र वितरण्म गरिएको थियो । तालिम समापन शत्रमा सहभागीका तर्फबाट प्रशिक्षार्थी अञ्जना खत्री र किरण पाण्डेले तालिम उपयोगी भएको बताउँदै आफूहरु वडास्तरमा गएर पत्रकार र पत्रकारिताको काम गर्न सक्ने बताउनुभयो ।

तालिम समापनमा अतिथिहरु पत्रकार जेवि सुनार, व्यवसायी खगेन्द्र सुनार, साहित्यकार सीता यरी, गायिक प्रकाश शाही, युवा नेता गोविन्द ओली र कार्यपालिका सदस्य शुशीला कार्कीले मन्त्वय राख्नु भएको थियो । तालिम समापनको उद्घोषण तथा सहजीकरण पत्रकार टेकेन्द्र बस्यालले गर्नुभएको थियो । तालिममा गुर्भाकोट नगरपालिकाका १४ वडाका २६ जनाको सहभागीता रहेको थियो ।

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here