गुर्भाकोटमा नेशनल माईक्रोफाईनान्स अन्तरक्रिया

0
178

दिपक बराल, चैत २- सुर्खेतको पुर्वि क्षेत्रमा पहिलो पटक समुह अध्यक्ष गोष्ठि तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेशनल माईक्रोफाईनान्स लघुवित वित्तिय संस्था लिमिटेडको आर्थिक सहयोगमा गुर्भाकोट नगरपालिकाका उपप्रमुख मैना विकको प्रमुख अतिथीमा सम्पन्न भएको हो ।

२०७१ साल असार १८ गते स्थापना भएको यस सस्थाले पुर्वि सर्खेतको मेहेलकुनामा २०७५ भाद्र २९ गतेदेखि कारोबार सञ्चालन गरेको छ । हाल साबिकको महिला सहयात्राको बोटेचौर शाखा बाट ४४ र मेहेलकना शाखा बाट ६६ वटा समुह विस्तार गरी पुर्वि सर्खेतका लेकवेशी , भेरीगंगा र गुर्भाकोटमा ११० वटा समुह विस्तार गरेको छ । तीन वटै स्थानियतहमा समुह विस्तार गरी समुह समुह बिचको विश्लेषण, प्रगतीको विषयमा छलफल गर्न समुह बिचको परिचित गराउन पहिलो अन्तरक्रिया कार्यक्रम गरीएको मेहेलकुना शाखा प्रबन्धक गिरीजा प्रसाद घिमिरेले बताउनुभयो । घिमिरेका अनुसार यस सस्थाले ६६ वटा जिल्लामा समुह विस्तार गरी कृषि र पशुपालन सम्वन्धि तालिम सञ्चालन गरेको बताउनुभयो । उँहाका अनुसार लघुवित सस्थाद्वारा सञ्चालित समुहमा आबद्घ रहेका लेकवेशी , भेरीगंगा र गुर्भाकोटका विभिन्न समुहका सदस्यहरुलाई अबको एक महिना भित्र व्यवसायिक तरकारी खेती तालिम लिन चाहनेहरुलाई तालिम सञ्चालन गरी कृषिमा जोड दिने विश्वास व्यक्त गर्नुभयो । यस सस्था द्घारा सञ्चालित समुहमा आबद्ध भई सबैभन्दा बढी बचत गर्नुहुने बासघारी महिला समुहकी भिम कुमारी बुढा मगर र दहचौर शुभघाट महिला समुहकी धनमाया थापा लाई उचित पुरुस्कार र दोसल्ला ओडायर सम्मान् गरएिको थियो ।

यहाँ सञ्चालित समुह मध्ये समुहरुको छनोटको क्रममा चुनिआम्रे महिला समूह , चिसापानी महिला समूह , मध्यगैले महिला समूह , र काफल्नेटि महिला समुहलाई छनोटगरी क्रमस प्रथम ,दित्तिय , तृतीय र सान्तोना पुरुस्कार सहित दोसल्ला ओडायर सम्मान् गरीएको थियो । समुह नं ४३ फांटबेतेनी समुहका अध्यक्ष चित्रा थापाको सभापतिमा सम्पन्न भएको पहिलो समुह अध्यक्ष गोस्ठि तथा अन्तरक्रिया कार्यक्रमा विशेष अतिथीको रुपमा केन्द्रिय कार्यलय धादिङका अनुगमन अधिकृत विष्णु कुमार विश्वकर्मा , गुर्भाकोट वडा नं ८ का वडा अध्यक्ष चित्र बहादुर रेग्मी , प्रहरी चौकी मेहेलकुनाका प्रहरी नायव निरिक्षक कृष्ण बहादुर खड्का , प्रहरी हवल्दार गोपाल गुरुङ र विभिन्न समुहका ७६ जना अध्यक्षहरुको सहभागी रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here