गुर्भाकोटमा दलित अधिकार सचेतना कार्यक्रम

0
505

अम्मर राजवंशी, असार १२- गुर्भाकोट नगरपालिका वडास्तरीय एक दिने दलित अधिकार सम्बन्धि सचेतना कार्यक्रम गुर्भाकोट नगरपालिका वडा न. ९ मा सम्पन्न भएको छ । आईतकार एक कार्यक्रम बिच उक्त सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको उद्घाटन समारोहको प्रमुख अतिथि गुर्भाकोट दलित सचेतना समुह अध्यक्ष माया बिक, अथितिहरुमा गुर्भाकोट ९ कि नबनिर्बाचित दलित महिला वडा सदस्य अमृता बि क, वडासदस्य लोकबहादुर डाङ्गी, निबर्तामान वडासदस्य रुपा बिक र प्रशिक्षक देबबहादुर सुनारको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै वडासदस्य अमृता बिकले आफ्नो वडाभित्र रहेका सम्पुर्ण दलित परिवारलाई आफू दलित भएकाले पनि सम्पुर्ण सेवासुबिधाहरुमा कसैलाई पनि बन्चित नबनाउने बताउनु भयो । आफ्नो वडाभित्र छुवाछुत नभएको र यति कसैले गरेको पाएमा कानुनी कारबाही समेत गरिने बताउनु भयो । कार्यक्रममा प्रशिक्षक देब सुनारले दलितले राज्यबाट पाउने सेवासुबिधामा कोहि पनि बन्चित नहुन आग्रह गर्नु भयो । राज्यका सार्वजनिक स्थानहरुमा सबैको सम्मान हक रहने समेत बताउनु भयो । कार्यक्रममा वडाका सम्पुर्ण जनप्रतिनिधि, राजनीति दलका प्रतिनिधि, समाजिक अगुवा र वडा न. ९ भित्रका दलितहरुको सहभागीता रहेको थियो ।

कार्यक्रम गुर्भाकोटका दलितहरुलाइ सचेतना पुगोस् भनी कार्यक्रम संचालन गरिएको गुर्भाकोट दलित सचेतना समुहका सचिब खगेन्द्र सुनारले जानकारी दिनु भयो । कार्यक्रमको आयोजक गुर्भाकोट दलित सचेतना समुह र आर्थिक सहयोग गुर्भाकोट नगरपालिका गरेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here