गुर्भाकोटमा ट्रक दुर्घटना ः दुई जनाको मृत्यु

0
178

दिलिप ढकाल, गुर्भाकोट असार ४ -पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ९ स्थित गुर्भाकोट बहुमुखी क्याम्पस नजिकैको घुम्ती मोडमा ट्रक दुर्घटनामा दुई जानको मृत्यु भएको । ट्रक दुर्घटनामा गाडीमा सवार दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–११, रुकुम पश्चिमका २४ वर्षीय भीमबहादुर नेपाली र नलगाढ नगरपालिका–१२ जाजरकोटका २४ वर्षीय मिलन गुरूङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए । भीमबहादुर सो ट्रकका चालक हुन् । दाङबाट सरिया, सिमेन्ट बाकेर जाजरकोट जाँदै गरेको ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
ना ४ ख ९७६१ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको प्रहरी चौकी मेहेलकुनाले जानकारी दिएको छ । दुर्घटनामा ट्रक चालक तथा सहचालक को मृत्यु भएको प्रहरीको भनाई छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here