गुर्भाकोटको हरियाली सहकारीलाई भवन सहयोग

0
145

हुमबहादुर कार्की, सुर्खेत-सुर्खेतको गुर्भाकोट २ स्थित हरियालि कृषि बजार सहकारीलाई सुर्खेत पशुुपंछी बिकास निर्देशनालयबाट भबन निर्माणमा सहयोग भएको छ ।


मंगलबार सुर्खेतस्थित पशुुपंछी बिकास निर्देशनालयबाट हरियाली कृषि बजार सहकारीलाई भबन निर्माणका लागि आर्थिक सहयोग भएको हो । निर्देशनालयबाट सहकारीको भवनका लागि २२ लाख रकम प्राप्त भएको हो । एक कार्यक्रमका बिच सहकारीको उक्त भवन निर्माणका लाग आयोजित सम्झौता कार्यक्रममा उपस्थित समिती र सेयर सदस्यहरुले आफूहरु धेरै हर्षित भएको बताए । कर्णाली प्रदेश सुर्खेतस्थित पशुपंछी बिकास निर्देशनालयका निर्देशक मोहन गिरिको अध्यक्षतामा कार्यक्रम भएको थियो । उक्त भबन निर्माण का लागि ५०% रकम निर्देशनालयकको र ५०% सहकारीको आन्तरिक सहयोगमा काम गर्नुपर्ने समेत गिरीले बताउनु भयो । यसैगरि सहकारीका लागि सम्पुर्ण सेयर सदस्यहरुको सहकार्य अतिआबस्यक हुनुपर्छ भन्दै पशुपंछी निर्देशनालयका अधिकृत यादब कुमार र तेजेन्द्रप्रसाद गौतमले समेत आफ्नो भनाइहरु राख्नुभयो ।

कार्यक्रमको अन्त् मा सहकारीका अध्यक्ष मोतिप्रसाद चपाइले समेत जस्तोसुकै परिस्थितिमा पनि सहकारीलाई सहज तरिकाले अगाडि बढाउने बताउनुभयो । यस भबन निर्माणका लागि रकम अपुग भए सम्पुर्ण सेयर सदस्यहरुको सहयोग अतिआबस्यक हुने छ भन्दै सहकारी समितीका सचिब नन्दलाल भुसालले समेत आफ्नो बिचार व्यक्त गर्नुभयो । कार्यक्रममा सेयर सदस्यहरु ६० जनाको सहभागिता रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here