गुर्भाकोटको मेहेलकुनामा चोरीका घटना बढ्दो

0
63

गुर्भाकोट, जेठ ३१- गुर्भाकोट नगरपालिका वडा नम्बर ८ स्थित मेहेलकुना बजारको मुख्य चोकमा चोरी भएको छ । मेहेलकुना बजारमा रहेको एस.एस. खाजा घरमा गएराती चोरी भएको हो ।

चोरहरुले खाजा घरबाट सुनका गहना र नगद सहित करिब १२ लाख बराबरको चोरी भएको छ । चोरीमा संलग्न ३ जनालाई प्रहरी चौकी मेहेलकुनाले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा धनगडी घर भई मेहेलकुनास्थित एक मोटर ग्यारेजमा काम गर्ने सुरेश गौतम, गुर्भाकोट गुमिका मनीष राना र दैलेख घर भई बिगत ५ वर्ष देखी सोही खाजा घरमा काम गर्दै आएका भक्ते खड़का रहेका छन् ।

चोरीका विषयमा थप अनुसन्धान भैईरहेको प्रहरीको भनाई छ । मेहेलकुना बजारमा पछिल्ला समयमा चोरीका घटनामा वृद्धि भएको भन्दै व्यापारीले चिन्ता व्यक्त गरेका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here