भेरीगंगा, सुर्खेत- विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोनाका कारण भेरीगंगा नगरपालिका क्षेत्रमा संक्रमितको मृत्यु हुने क्रम उच्च रहेको छ । कोरोना महामारी यता भेरीगंगा नगरपालिकामा मात्रै दुई दर्जन बढीको मृत्यु भएको छ ।


बिहिबार विहान भेरीगंगा नगरपालिका वडा नम्बर ७ मा एक संक्रमित महिलाको मृत्यु भएको छ । वडा नम्बर ७ मा कोभिडबाट मृत्यु हुने पहिलो व्यक्ति भएको वडाअध्यक्ष कर्णबहादुर मिजारले जानकारी दिनुभयो । नगरपालिकाको कोभिड अस्पताल राताचौरमा उपचार्थ भेरीगंगा–७ की ५८ बर्षीय महिलाको बिहान मृत्यु भएको हो । एक सातादेखि कोभिडबाट संक्रमित उनको उपचारमा मृत्यु भएको वडाअध्यक्ष मिजारले जानकारी दिनुभयो ।

यो वडामा अहिले दर्जन बढी संक्रमित उपचार्थ रहेका छन् । पछिल्लो एक महिना यता सुर्खेतको भेरीगंगा नगरपालिकामा कोरोना संक्रमण ह्वात्तै बढेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here