भेरीगंगा, पुस ३- भेरीगंगा नगरपालिका वडा नम्बर ८ मैनतडाको पहलमा कोभिड १९ बाट प्रभावित अपाङ्गता समुदायलाई खाद्यान्न तथा राहात सहयोग गरिएको छ। वडाअध्यक्ष पदमबहादुर खत्रीको पहलमा शुक्रबार वडामा उक्त राहात वितरण गरिएको हो । वडाका २१ जना अपाङ्गता भएका व्यतिलाई खानेकुरा र कपडा वितरण गरिएको वडाअध्यक्ष खत्रीले जानकारी दिनुभयो । प्रतिव्यति १२ हजार ५ सयका दरले २ लाख ६२ हजार ५ सय मूल्य बराबरको कोभिड राहात बाडिएको हो। ईन्कुलशिव फियुचर सस्थाको सहयोगमा अपाङ्गता समावेशी कोभिड १९ प्रतिकार्य परियोजना अन्तर्गत उक्त सामग्री वितरण भएको हो। शुक्रबार वडामा आयोजित एक कार्यक्रमका बिच राहात वितरण भएको हो । कोभिड राहातका रुपमा खाद्यान्न र कपडा पाएपछि वडाका अपाङ्गता भएका व्यतिले वडाअक्ष्यक्ष, वडाका जनप्रतिनिधि र सहयोगी सस्था प्रती आभार व्यत गरे।
Facebook Comments